मोरक्को भूकम्प : अभिनेत्री नोरा फतेहीद्वारा दुःख व्यक्त « Khabarhub

मोरक्को भूकम्प : अभिनेत्री नोरा फतेहीद्वारा दुःख व्यक्त


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- उत्तरी अफ्रिकी देश मोरक्कोमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान आएको भूकम्पमा परी मृत्यु भएकाहरूप्रति गहिरो दुःख व्यक्त गरेका थिए ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारत यो कठिन घडीमा मोरक्कोलाई हरसम्भव मद्दत गर्नका लागि तत्पर छ ।’ चलचित्र उद्योगसँग सम्बद्ध डान्सर, मोडल तथा अभिनेत्री नोरा फतेहीले सहयोगको प्रस्तावका लागि मोदीलाई धन्यवाद दिएकी छिन् ।

नोराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘यति ठुलो सहयोगको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद ! यस बारे चेतना जगाउने र सहयोगी हात बढाउने सुरुवाती देशमध्ये तपाईं एक हुनुहुन्थ्यो । यसका लागि मोरक्को जनता धेरै आभारी र कृतज्ञ छन् । जय हिन्द ।’

मोदीले ट्विट गर्नुअघि नोरा फतेहीले शनिबार इन्स्टाग्राममा लेखेकी थिइन्, ‘आज मोरक्कोमा भूकम्पको खबर हृदय विदारक छ ! धेरै सहरमा यसको नराम्रो असर परेको र धेरैको ज्यान गएको जानकारी पाइरहेको छु । म अहिले सबैका लागि दुःखी छु ।’

उनले सबैको सुरक्षाको लागि प्रार्थना गरिरहेको लेखेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यो निकै डरलाग्दो छ । म ईश्वरलाई धन्यवाद दिन्छु कि हाम्रा मित्र र परिवारका सदस्य सुरक्षित छन् । जसले यो विपतमा आफ्नो प्रियजन गुमाएका छन्, उनीहरुप्रति मेरो समवेदना ।’

नोरा फतेही मोरक्को मूलकी क्यानेडेली नागरिक हुन् । उनी हाल आफ्नो कामका लागि भारतमा छिन् । उनले थुप्रै फिल्म र गीतमा काम गरिसकेकी छिन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ७ : ५४ बजे

गगन थापा सर्लाही झरेपछि क्रिकेट कमेन्टेटर तिमल्सिना बने काठमाडौं-४ का कांग्रेस उम्मेदवार

काठमाडौं- सभापति गगन थापाको निर्वाचन क्षेत्रमा कांग्रेसले क्रिकेट कमेन्टेटर सचिन

ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा

काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले

सुधन गुरुङले गरे गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ गोरखा–१

सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीले गराए उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्

काठमाडौं–२ बाट कुन्ती पोखरेलको उम्मेदवारी

काठमाडौं – काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले प्रतिनिधिसभा