पोखरामा ‘तीज सांकृतिक महोत्सव’ सुरु | Khabarhub Khabarhub

पोखरामा ‘तीज सांकृतिक महोत्सव’ सुरु


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखराको लेकसाइडमा तीनदिने ‘तीज सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएको छ । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल टेवानद्वारा आयोजित महोत्सवको आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उद्घाटन गरे ।

सो अवसरमा उनले महिला मुलुक हाक्न सक्ने शक्ति भएको बताए । “महिला पुरुषको वैशाखी हैनन्, मुलुक हाक्ने मेरुदण्ड हुन्”, मन्त्री गुरुङले भने, “महिला दिदीबहिनीहरु अब चुलोचौकोमा मात्र सीमित छैनन् ।” उनले तीज परम्परागत पर्व भएकाले बढी खर्चिलो र भड्किलो बनाउन नहुनेमा जोड दिए ।

टेवानले महोत्सव आयोजना गरेर तीज पर्वलाई उत्पादन र पर्यटनसँग जोडेकामा खुसी व्यक्त गरे । पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले महोत्सवले पोखराको पर्यटन बजारलाई चलायमान बनाउने धारणा राखे ।

उनले पोखराको पर्यटन विकासका लागि यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान सुरु गर्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष विमला गुरुङले तीज पर्वले महिलाबीचको एकतालाई सुदृढ गर्नुपर्ने उल्लेख गरिन् ।

उनले बदलिँदो समयअनुसार तीज पर्व मनाउने तरिका परिस्कृत हुँदै जानु स्वभाविक रहेको जनाइन् । टेवानका अध्यक्ष कमला गिरीले तीज पर्वको जगेर्नाका साथै महिला उद्यम प्रवर्द्धनको उद्देश्य लिएर महोत्सव आयोजना गरिएको बताइन् ।

महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका महिलाले तयार गरेका हस्तकलाका सामग्रीको बिक्री तथा प्रदर्शनीमा राखिएको छ । बुधबारसम्म चल्ने महोत्सवमा प्रदेशस्तरीय तीज गीत, महिला हाजिरीजवाफ, महिला भलिबल तथा दौडलगायत प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गिरीले जानकारी दिइन् । महोत्सवमा कलाकारहरुको प्रस्तुति पनि रहने जनाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : ५८ बजे

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व संकलन

 दोधारा चाँदनी – सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले

धितोपत्रको आइजीन छुट्याउन ५ वटा प्रमाण चाहिने

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विचाराधीन ‘धितोपत्र अभौतिकीकरण कार्य

कांग्रेसले पार्टीको नक्कली लेटरप्याड र छाप प्रयोग गरेर विदेशिएकाको निगरानी गर्ने

काठमाडौं– नेपाली कांग्रेस रोल्पाले पार्टीको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर

चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

चितवन– माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले

अनुदानलाई निरन्तरता नदिए भदौदेखि आन्दोलन थाल्ने उखु किसानको चेतावनी 

महोत्तरी– उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा