कफी खानु फाइदा कि बेफाइदा ? « Khabarhub

कफी खानु फाइदा कि बेफाइदा ?


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

अहिले कफी नखाने मान्छे सायदै कम होलान् । कफीको स्वाद र वास्ना धेरैलाई मन पर्छ । तर चाहिनेभन्दा बढी कफी खाँदा स्वास्थ्यमा नकरात्मक असर पनि पर्न सक्छ । 

कफीमा कफिनको मात्रा हुने भएकाले धेरै कफी पिउँदा मानसिक तथा शारीरिक समस्या बढाउँछ भने धेरै समयसम्म निद्रा पनि लाग्दैन ।

यसले डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना बढाइदिन्छ । कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने चिकित्सकहरू बताउँछन् । 

गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन । अत्याधिक क्याफिनको सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । 

यसका साथै जन्मिएको नवजात शिशुमा पनि उसको वजन पनि कम हुन्छ वा जन्मदै शारीरिक तथा मानसिक विकलांग पनि हुन सक्छ ।

एउटा नयाँ अध्ययनले ठिक्क मात्रामा कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने देखाएको छ।

ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : ३० बजे

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि