अन्तर्राष्ट्रिय

जुन अध्ययनले लाखौंको जीवन जोगायो

By मनोज घिमिरे

October 11, 2023

पदार्थमा इलेकट्रोन डाइनामिक्स र प्रकाशको अटो सेकेन्ड पल्सेस यस वर्षको मुख्य अध्ययनको विषय बन्यो। यसै अध्ययनका लागि पियरे अगस्टीनी, फेरेन्ज क्रासाउच र अन्नाले ह्युलरले भौतिक शास्त्रका लागि नोबेल पुरस्कार पाए। पुरस्कार प्रदान गर्ने रोयल स्वीडीस एकेडेमीले यो घोषणा गरी सकेको छ।

उनीहरूको यो अध्ययनले एटम र मोलीक्यु भित्रको इलेकट्रोनको अध्ययन गर्नका लागि मानिसका सामु थप आधारहरू तयार भएका छन्। उनीहरूले प्रकाशको छोटो पल्समा यसको प्रदर्शनसमेत गरेर देखाएको स्विडीस एकेडेमीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो नयाँ प्रविधिले पदार्थमा प्रकाशले कस्तो असर गर्छ भनेर मनन गर्न पनि सहज बनाएको छ। गत वर्ष भौतिक शास्त्रको नोबेल पुरस्कार एलीयन एस्पेक्ट, जोन एफ क्लाउजर र एन्टन जेलीन्गरले पाएका थिए। उनीहरूले क्वान्टम मेकानिक्सको अध्ययनका लागि सो पुरस्कार पाएका हुन्।

सन् १८९६ मा निधन भएका स्विडेनका वैज्ञानिक सर अलफ्रेड नोबेलको नाममा यो पुरस्कार दिइन्छ। पुरस्कारको रकम एक मिलियन अमेरिकी डलर बराबरको छ। कोभिड–१९ को सामना गर्नका लागि पहिलो एमआरएनए भ्याक्सिनको अध्ययनका लागि काटालीन कारिको र ड्रयु वेजम्यानलाई यस वर्षको चिकित्सा शास्त्रको नोबेल पुरस्कार प्रदान गरिने भएको छ।

हंगेरीमा जन्मिएका कारिको र अमेरिकी वेजम्यानले पेनसिल्भानीयाको विश्वविद्यालयमा रहेर एमआरएनए भ्याक्सिनको पुन व्यवस्थापनको बारे अध्ययन गरेका हुन्। सन् १९०० को अन्त्यमा नै उनीहरूले यसको बारे अध्ययन सुरु गरेका थिए। सन् २००५ मा यसमा महत्त्वपूर्ण केही कुरा पत्ता लगाएका थिए।

यो सबै घटना संसारमा कोरोना महामारी सुरु हुनु भन्दा धेरै अघि कै थियो। उनीहरूको अध्ययन मानव जीवनका लागि यत्ति धेरै महत्त्वपूर्ण साबित भयो की सन् २०१९ मा कोरोना महामारी आएको केही वर्षमा नै उनीहरूले गरेको अध्ययनकै आधारमा मोर्डना र फाइजर कम्पनीले भ्याक्सिन बजारमा ल्याएका थिए।

यो वर्ष रसायन शास्त्रको नोबेल पुरस्कार पनि तिन जनालाई प्रदान गरिएको छ। मोउङ्गी बाओन्डी, लुइस् ब्रस र एलेक्सी एमीकोभलाई पुरस्कार प्रदान गरियो। सेन्थेटिकमा क्पान्टम डटको पत्ता लगाए बापत उनीहरूले यो पुरस्कार पाएका हुन्। क्वान्टम डट यत्ति साना कण हुन कि जुन पत्ता लगाउन क्वान्टम फेनामेनाकै प्रयोगबाट मात्र सम्भव हुन्छ।

इलेकट्रोनिक्स दुनियाँमा यो अध्ययन भरपर्दो र उपयोगी हुने अपेक्षा गरिएको छ। साथै साना सेन्सर तथा सोलार सेल तथा क्वान्टम सञ्चारको क्षेत्रमासमेत यो अध्ययन महत्त्वपूर्ण हुनसक्छ।

नर्वेका लेखक तथा नाटककार जोन फ्रोज यस वर्षको साहित्यको नोबेल पुरस्कार पाउन सफल भए। उनको लेखन तथा नाट्य प्रस्तुति आवाज विहीनहरूको आवाज बन्ने गरेका छन्। ६४ वर्षीय फ्रोजले करिब ४० नाटक लेखेका छन्। यसका अलावा उपन्यास, लघु कथा, बाल पुस्तक, कविता र कथा लेखनमा आफूलाई सक्रिय राखेका छन्। उनको लेखन पनि करिब ५० भाषामा अनुवादित छन्।

इरानी अभियन्ता नर्गेस मोहम्मदीले तीन सय ५१ जना मध्येबाट चुनिएर नोबेल शान्ति पुरस्कार पाउन सफल भएकी छिन्। इरानी महिला अधिकारकर्मीका लागि उनले दशकौँसम्म जेल जीवनको सामना गरेकी छिन्।

विश्व अर्थतन्त्रमा महिला श्रमिकको भूमिकाका बारे गरिएको अध्ययनका लागि यस वर्ष क्लाउडिया गोल्डीनलाई अवार्डको घोषणा गरिएको छ।

यी अवार्ड मध्ये चिकित्सा शास्त्रको अवार्ड महत्त्वपूर्ण मानिएको छ। अगाडि नै सुरु गरिएको अध्ययनले पछि पत्ता लागेको रोगको उपचारमा सहयोग पुग्ने पक्कै पनि चानचुने कुरा होइन।

पोलियो, दादुरा र पित्त ज्वरोका लागि यस अघि नै भ्याक्सिन पत्ता लागिसकेको थियो। यसै पित्त ज्वरोको भ्याक्सिन पत्ता लगाए बापत म्याक्स थेइलरले सन् १९५१ को नोबेल पुरस्कार पाएका थिए।

पछिल्लो समय मोलीक्युलर जीव विज्ञानमा तीव्र विकास भएको समय हो। यसै कारण सबै भाइरलका लागि भन्दा पनि एउटै प्रकृतिका रोगका लागि भाइरसको अध्ययन भइरहेको थियो। भाइरसको सतहमा पाइने प्रोटिनलाई कोडिङ गरेर एमआरएनए भ्यासिक्सनको तयारी गरिन्छ। यसले एन्टीबडीको निर्माण गरेको हुन्छ जसले शरीरमा भाइरस प्रवेशलाई निषेध गर्न पुग्छ।

हेपाटाइटिस बी र ह्याुमन प्यापिलोमा भाइरसका लागि पनि यसै किसिमको भ्याक्सिनको प्रयोग भएको हो। भाइरसको जेनेटीक कोडको प्रयोग गरेर पनि भ्याक्सिनको विकास भएको थियो।

इबोलामा यसै प्रविधि अपनाइएको हो। यसलाई भेक्टर भ्याक्सिन भन्ने गरिन्छ। भेक्टर भ्याक्सिन शरीरमा प्रवेश गरेपछि यसले शरीरमा उत्पन्न गर्ने एन्टीबडीले लक्षित भाइरसलाई निषेध गर्ने काम गर्छ।

चाहे प्रोटिन भ्याक्सिन होस या भेक्टर भाइरस दुवै किसिमको भाइरसको निर्माणका लागि लामो समयको अध्ययन र मेहनतको आवश्यकता हुन्छ। यसका लागि सेल कल्चरको आवश्यकता महत्त्वपूर्ण हुन्छ।

हाम्रो सेलमा डी एन्ड इनकोडको सूचना म्यासेन्जर आरएनमा सर्दछ। यो प्रोटिन उत्पादनका लागि टेम्पलेटको रूपमा काम गर्छ।

सन् १९८० मा सेल संस्कृतिको जानकारी बिना नै एमआरएनए भ्याक्सिनको प्रयासका लागि धेरै काम भएका थिए। यसै प्रविधि मोलीक्युलर जीव विज्ञानमा यसरी प्रयोग भयो कि यसले एक किसिमको तीव्र विकास कै क्रम लिएको थियो। तथापि यसका केही संकुचनहरु थिए। यस कारण धेरै प्रक्रिया रोकिएका थिए।

बिचमा आएका अवरोधले हंगेरीमा जन्मिएका वैज्ञानिक कारिकोलाई कहिले पनि निरुत्साहित पारेन। पेनेल्साभानीया विश्वविद्यालयमा सहायक प्राध्यापक रहेकै समयमा सन् १९९० को दशकमा उनले एमआरएनका लागि नयाँ अध्ययनको जमर्को गरेकी थिइन्। यसै क्रममा सोही विश्व विद्यालयमा आबद्ध वेजम्यानसम्ग उनको सहकार्य सुरु भएको थियो।

यी दुईले आरएनए किसिमको सम्भावनाको बारे लगातार अध्ययन गरेपछि आरएनए भ्याक्सिनले मानिसको इम्युन सिस्टममा कसरी काम गर्छ भन्ने पत्ता लगाएका थिए। कोरिको र वेजम्यानले भिट्रोमा पाइने डेन्ड्रीक सेल आयातित तत्त्वको रूपमा एमआरएनएमा रूपान्तरित हुने तथ्य फेला पारेका थिए। यस पछि नै उनीहरूका लागि नयाँ अध्ययनको बाटो खुलेको हो।

यसअघि एमआरएनए फ्लु भ्याक्सिन मुसामा सन् १९९० को दशकमा प्रयोग भएको थियो। सामान्यतयाः भ्याक्सिन निर्माणको क्रमका केही चरण हुने गरेका छन्। पहिलो चरण जनावरमा यसको प्रयोग हुन्छ। यस पछिको प्री क्लिनिकल स्टेजमा यसमा टिस्यु कल्चर तथा सेल कल्चर प्रविधिको प्रयोग हुन्छ। यसमा सुरक्षामा मापन हुन्छ। यसपछि सम्बन्धी निकायमा आवेदन दिएपछि मात्र स्वीकृति प्रदान गर्ने र नियमन गर्ने निकायले सबै कुराको अध्ययन गर्छ।

त्यसरी अनुमति प्राप्त भएपछि पहिलो चरणमा थोरै स्वस्थ स्वयंसेवकको छनोट गरेर सुरक्षा र इम्युनिटी दुवै परीक्षण हुन्छ। दोस्रो चरणमा केही सयमा यसको परीक्षण हुन्छ। तेस्रो तथा अन्तिम चरणमा हजारौँमा यसको छनोट हुन्छ।

यस वर्ष दिइएका हरेक विधाका नोबेल पुरस्कारको आफ्नै महत्त्व त छदै छन्। परन्तु चिकित्सा शास्त्रको त्यो विधाको यस कारण महत्त्व छकी जसले धेरैको जीवन जोगाएको छ। कुनै महामारी जन्य रोगको प्रादुर्भाव भन्दा धेरै अघिको त्यो अध्ययन नै मानव जीवन रक्षाका लागि सहयोगी बनेको छ। स्रोतः हिन्दु, अलजजीरा, नोबेल पुरस्कार एकेडेमी, हिस्टी अफ भ्याक्सिन