हाम्रो पे क्यूआरमा भुक्तानी गर्दा ‘कोइली’ कराउने « Khabarhub

हाम्रो पे क्यूआरमा भुक्तानी गर्दा ‘कोइली’ कराउने


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट हाम्रो पेबाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । 

बिज क्राफ्ट कम्पनीले तयार पारेको कोइली नामक अडियो उपकरण तथा साउण्ड बक्समार्फत ‘हाम्रो पे’को भुक्तानी सफल भएको जानकारी आवाजमै सुन्न सकिने छ ।

हालको अवस्थामा ग्राहक तथा मर्चेन्टले क्यूआर भुक्तानी गर्दा तत्काल कारोबार सफल भए÷नभएको तत्कालै थाहा नहुने, एसएमएस समयमै नआउने, मर्चेन्टकहाँ भुक्तानी प्राप्त गर्ने व्यक्तिसँगै लिङ्क गरिएको मोबाइल नहुने समस्या समाधान गर्न ‘हाम्रो पे’ले अडियोसहितको क्यूआर ल्याएको हो ।

हाम्रो पेले बुधबार काठमाडौँ स्थित कुकर कफीबाट कोइली अडियो क्यूआरको सुरुवात गरेको हो । हालै मात्र हाम्रो पेले विभिन्न २० ओटा वालेटमा रकम पठाउन सकिने फिचर ल्याएको थियो ।

मर्चेन्टका हाम्रो पेको क्यूआरमा जुनसुकै वालेटबाट भुक्तानी गर्दा रकमसहित कारोबार सम्पन्न भएको तथा रकम प्राप्त भएको जानकारी आवाजमै दिने व्यवस्था मिलाएको हो ।

हाम्रो पेको मर्चेन्ट क्यूआर लिन हाम्रो पे तथा हाम्रो पात्रोमा सम्पर्क गर्नुपर्ने छ । जुन हाल निःशुल्क रूपमा उपलब्ध रहेको छ । तर ‘कोइली’ अडियोसहितको क्यूआरका लागि भने सो अडियो डिभाइस खरिद गर्ने वा मासिक निश्चित शुल्क तिर्ने (रेन्टल) गरी दुई विकल्प दिइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ११ : ११ बजे

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप