म्याग्दी नदीमाथि झोलुङ्गे पुल बनेसँगै आवागमनमा सहज « Khabarhub

म्याग्दी नदीमाथि झोलुङ्गे पुल बनेसँगै आवागमनमा सहज


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको मालिका गाउँपालिका-१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि बनेको पटेरनीघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । रू ५९ लाख नौ हजार तीन सय ६५ लागतमा एक सय १४ मिटर लामो पुल निर्माण भएसँगै म्याग्दी नदी वारि र पारिका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । 

विसं २०७८ असोजदेखि निर्माण सुरु भएको उक्त पुल यही असोज २१ गते सम्पन्न भएपछि मङ्गलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नवनिर्मित पुलको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले विकास निर्माणका पूर्वाधारले स्थानीयवासीको दैनिकीमा सहयोग पुग्ने बताए। 

मालिका गाउँपालिका झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोग, टिविएसयु र पिटिएपी पोखरा र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग एवं स्थानीयवासीको श्रमदानमा उक्त पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लले जानकारी दिए । पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत र सामान ढुवानीमा सहज हुने भएको उनको भनाइ थियो । 

कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति केबी भण्डारी र सचिव भरत रकाल, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा नं १ का वडाध्यक्ष टङ्कप्रसाद पुन, वडा नं ६ का वडाध्यक्ष पथबहादुर रोका, पिटिएपी पोखराका प्राविधिक अधिकृत दयाराम शाह, मिलनका प्राविधिक यामबहादुर विकलगायतले पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत तथा सामान ढुवानी गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  २ : ०३ बजे

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको