सडक कालोपत्रलाई प्राथमिकता दिँदै स्थानीय तह « Khabarhub

सडक कालोपत्रलाई प्राथमिकता दिँदै स्थानीय तह


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– जिल्लाका ग्रामीण भेगका स्थानीय तहहरूले सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्न थालेका छन् । गाउँका दूरदराजका पालिकाहरूका लागि पहिलो प्राथमिकता सडकको ट्रयाक खनेसँगै अब त्यसको स्तरोन्नति र कालोपत्र गर्नेमा जोड दिइएको हो ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले आफ्नै स्रोतमा पाँच किलोमिटरभन्दा बढी सडक कालोपत्र गरेको छ । जिल्ला सदरमुकामदेखि पालिका केन्द्र जोड्ने गाउँपालिकाको सिमानामा वडा नं ४ पाटिखर्कदेखि आलुवारीपाटी–मुसिखोला सडक कालोपत्र सुरु गरिएको हो । त्यसमा दुई किलोमिटर पाँचसय मिटर कालोपत्र, एक किलोमिटर पाँचसय मिटर ढलान गर्नाका साथै पालिकाको वडा नं १, २, ३ र ४ मा सडक ढलान कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका इञ्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले हरेक वर्ष पालिकाले आफ्नै स्रोतमा पाँच किलोमिटर सडक पक्की बनाउने घोषणाअनुरूप यस वर्षबाट कार्य थालनी भएको बताए। गाउँपालिकाको गत आर्थिक वर्षमा विनियोजन भएको रु नौ करोड बजेटमा घिसिङ-जोशी जी जेभीले पाँच करोड ५० लाखमा ठेक्का सम्झौता गरी अहिले काम सम्पन्न गरेको उनले बताए ।

सो कार्यलाई निरन्तरता दिनका लागि चालु आवमा रु छ करोड विनियोजन गरिएको छ । अहिलेसम्ममा बेथानचोकको आफ्नै स्रोत केही सङ्घ र प्रदेशको बजेटमा गरी वडा नं ३ मा सात सय मिटर ढलान, वडा नं २ मा तीन सय मिटर, वडा नं ४ मा तीन सय मिटर र वडा नंं १ मा दुई सय मिटर पक्की सडक निर्माणको काम थालनी भएर ढलान गर्ने काम सकिएको वडा नंं १ का वडाध्यक्ष मधुसूदन तिमल्सिनाले बताए । 

अन्य वडाहरूमा भएको कामसहित गरेर पालिकाभित्र यो आर्थिक वर्षमा करिब सात किलोमिटर सडक पक्की बनाउन सफल भएको उनले बताए । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकाका नागरिकलाई सडक पहुँचको सहज सेवा पुऱ्याउनका लागि हरेक वर्ष पाँच किलोमिटर सडक पक्की बनाउने अभियानअनुसार गत वर्षको बजेटबाट अहिलेसम्ममा करिब सात किलोमिटर सडक पक्की निर्माण गरिएको बताए ।

यस्तै रोशी गाउँपालिकाले पनि आफ्नै स्रोतबाट दुई किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०७९-८० मा बिपी राजमार्गको ल्हासकोट पुलदेखि गाउँपालिकाको प्रशासनिक भवन अमलटारसम्म करिब पाँच सय ५८ मिटर र चौकीडाँडा–खहरेपाँगु सडकअन्तर्गत रोशी पुलदेखि पोटाखोलासम्म पाँच सय मिटर सडक गाउँपालिकाकै स्रोतबाट कालोपत्र गरिएको हो । 

पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर काम गरेको भए पनि भौतिक पूर्वाधारलाई समेत प्राथमिकता दिनुपर्ने भएकाले सबै कार्यलाई सँगसँगै लैजाने गरेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। डाँडापारिको महाभारत गाउँपालिकामा पालिका केन्द्रदेखि जिल्ला सदरमुकाम जोड्ने मुख्य सडकखण्डअन्तर्गत कापोपत्र गर्ने काम सुरु भएको र उक्त कामलाई निरन्तरता दिनका लागि अहोरात्र खटिरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । 

बिपी राजमार्गदेखि मदनभण्डारी लोकमार्ग जोड्ने भूमिचुली–चारकिल्ला–देवीटार–घर्तिछाप–गोकुले–भोर्लेनी सडक (जनमुक्ति मार्ग)को निर्माण कार्यका लागि अहिले प्रक्रिया अगाडि बढिसकेको छ । त्यसअन्तर्गत सो गाउँपालिकाको तीनखुट्टे–भूमिचुली–राजबास खण्डको १७ किमी सडकको स्वीकृत रकम करिब रु ९८ करोड विनियोजन भएकामा रु ६० करोड ९७ लाखको हाराहारीमा सन्तोषी धर्म एस हरिहरि जेभीले आगामी २०८२ साल कात्तिकसम्ममा सम्पन्न गर्नेगरी सम्झौता भएर ढलान तथा कालोपत्र समेतको कार्यलाई अगाडि बढाइसकेको उनले बताए ।

 जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये अझै पनि तेमाल गाउँपालिका र खानीखोला गाउँपालिकामा कच्ची सडक सञ्जालले जोडिए पनि पक्की सडकले भने छुन सकेको छैन ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ३ : ०५ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा