बेमौसमी वर्षाले मुस्ताङमा स्याउ उत्पादन घट्यो « Khabarhub

बेमौसमी वर्षाले मुस्ताङमा स्याउ उत्पादन घट्यो


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गत वर्ष रू एक लाख साठी हजारको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष रू एक लाख बीस हजारको मात्र बिक्री गरे । थकालीका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट छन् । 

गत वर्ष रू १२ लाखको स्याउ बेचेका ठिनीकै भूपेन्द्र थकालीले पनि यस वर्ष बगैँचामा स्याउ कम फलेकाले पाँच लाखमा ठेक्कामा दिएको बताए । राजेन्द्र र भूपेन्द्र मात्र नभएर यहाँका सबैजसो किसान यसपालि स्याउ खेतीबाट आम्दानी घटेकोमा निराश भएका छन् । 

‘स्याउमा फूल खेल्ने वैशाख, जेठमा दिउँसो वर्षा र रातिमा परेको तुसारोले कम फल लागेको छ,’ राजेन्द्र  भने, ‘बोटमै कम फल लागेकाले उत्पादन र आम्दानी पनि घट्यो ।’ स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख फलफल हो । 

यसपालि स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए। ‘फूल खेलेर परागशेचन हुुने समयमा धेरै वर्षा हुँदा फूलबाट दाना कम लागेको छ,’ उनले भने ‘यसवर्ष स्याउको फूल फुल्ने समय वैशाख–जेठमा वर्षाले बोटमा परागसेचन (पोलिनेशन) हुन पाएन ।’

मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको केन्द्रले जनाएको छ । ‘३८ हेक्टर क्षेत्रफलमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती लगाइएको छ’, प्रमुख बस्ताकोटीले भने, ‘गत वर्ष जिल्लामा छ हजार छ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।’

पचास करोड मूल्य बराबरको चार हजार छ सय २० मेट्रिक्टन स्याउ म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरमा निकासी भएको उनले जानकारी दिए। बचैँचामा प्रतिकिलो रू एक सयदेखि रू एक सय २० का दरले स्याउ बिक्री हुने गरेको बस्ताकोटीले बताए ।

मुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउनेको चटारो रहेको भन्दै किसान भूपेन्द्रले स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको बताए। ‘यसअघिको वर्षमा मङ्सिरसम्म स्याउ बोटमै हुन्थ्यो । अहिले असोजमै सबैजसो बगैँचाहरु रित्तिन थालेका छन्’, उनले भने, ‘नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगैंचा व्यापारीलाई ठेक्का दिने गरेका छौँ ।’

किसान बलबहादुुर थकालीले ठेक्का लिएका व्यापारी आफैँले स्याउ टिपेर बजार लैजाने गरेका बताए । ‘स्याउलाई बजारको समस्या छैन,’ उनले भने ‘फलाउन सक्नु पर्‍यो जति पनि बिक्री हुन्छ ।’ 

धादीङबाट स्याउ खरिद गर्न मुस्ताङ आएका शिवाङ तामाङले पातलो फलेपनि दाना ठूला र स्वादिष्ट रहेको बताए। बेनी, बागलुुङ र पोखराका बजारमा मुस्ताङको स्याउको माग उच्च रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ३ : ४४ बजे

दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी पक्राउ

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका

लाप्राकबाट उदाएका ‘युक्त’: शिखरहरू जित्दै इतिहास लेखे, हिमालकै काखमा सधैँलाई अस्ताए

काठमाडौं- गोरखाको दुर्गम गाउँ लाप्राकबाट सुरु भएको एउटा सपना अन्ततः

मृतक गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी (तस्बिरहरू)

सिराहा– प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध सिराहामा गोली लागेर

राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएकामा  दुःख

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने