कानून समितिद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित « Khabarhub

कानून समितिद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित पारित गरेको हो ।

उक्त विधेयकका सम्बन्धमा उपसमितिले दिएको प्रतिवेदनका केही विषयलाई संशोधनसहित पारित गरिएको समिति सभापति विमला सुवेदीले जानकारी दिइन् ।

विधेयकको दफा १८ को उपदफा २ का उल्लेख सहकारीमा व्यक्तिगत बचतको सीमा सम्बन्धी व्यवस्थालाई हटाउने उनले बताइन् ।

उनले उक्त विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्नका लागि सभामुखलाई आग्रह गरिने बताइन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ४ : २८ बजे

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,