राजनीति

राप्रपाले बोलायो पदाधिकारी बैठक

By खबरहब

October 11, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले पदाधिकारी बैठक बोलाएको छ । कोशी प्रदेशमा नयाँ सरकार गठनमा निर्णायक मानिएको राप्रपाले सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो ।

कोशी प्रदेशमा नयाँ सरकार गठनका विषयमा आवश्यक निर्णय लिन शुक्रबार बिहान ८ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ ।