सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ : शिक्षामन्त्री राई | Khabarhub Khabarhub

सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ : शिक्षामन्त्री राई


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बनेपा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को ४१औँ व्यवस्थापन गोष्ठीको बनेपास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा आज आयोजित उद्घाटन गर्दै मन्त्री राईले सबैले आ–आफ्नो जिम्मवारी पूरा गरे अवश्य लक्ष्यमा पुग्न सकिनेमा जोड दिए ।

उनले नीति–निर्माण र ओहोदामा बस्नेले जिम्मेवारी पूरा गर्ने हो भने कर्मचारी सङघ सङ्गठनले मन्त्रीलाई ‘पख्लास्’ भनिहरनुपर्ने अवस्था नआउने बताए । आफ्नो क्षमता विस्तार गर्दै इमान्दारिता र सक्रियतापूर्वक राष्ट्र सेवामा समर्पित हुन कर्मचारीलाई निर्देशन दिए । मन्त्री राईले सरकारले मुलुकको आर्थिक समृद्धिसँगै पुँजी तथा मानव संशोधन व्यवस्थित गर्ने लक्ष्य लिएको बताएका छन् ।

मन्त्री राईले सम्बन्धन बाँड्ने काम परिषद्को नभएको दाबी गरे । उनले पुनः प्रश्न गरे, “परिषद्ले सम्बन्धन बाँड्ने होइन, तर कसरी बाँड्यो ? १६ वर्षदेखि पैसा तिरेर कुरेर बसेकाले सम्बन्धन किन पाएनन् त ? सेवाग्राहीलाई दिने न्याय यही हो ?” यसअघि बनाइएका कार्यदलले गरेका कामलाई अध्ययन गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेलले सिटिइभिटीको पुनःसंरचना पूर्वाधार सुहाउँदो नगरिएको गुनासो गरे । उनले स्थानीयस्तरमा उत्पादित सामग्री खपत तथा बजारीकरणका लागि आवश्यक प्राविधिक जनशक्ति तयार गर्न सुझाव पनि दिए ।

सिटिइभिटीका सदस्य सचिव महेश भट्टराई, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायतले उपलब्धिलाई समीक्षा गर्दै सम्भावनालाई रोजगारीसँग जोड्न आग्रह गरेका थिए ।

गोष्ठीमा सिटिइभिटीका सात प्रदेश प्रमुख तथा आङ्गिक ६५ शिक्षालयका प्रमुखको सहभागिता रहेको उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार देशभर सिटिइभिटीको सम्बन्धन प्राप्त एक हजार एक सय शिक्षालय सञ्चालनमा छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ५ : २५ बजे

बजार अनुगमन तीव्र पार्दै चौदण्डीगढी नगरपालिका

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका मुख्य बजार

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

चितवन– यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण रहेको पाइएको छ

भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित

वालिङ- स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र

माओत्सेको फिल्ममा दोहोरिए दयाहाङ, ‘पेन्सनपट्टा’को नायकमा फाइनल

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक