इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री साउद आफैँ जाने « Khabarhub

इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री साउद आफैँ जाने


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आफैँ त्यसतर्फ जाने भएका छन् ।

सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदको टोलीसहितको विमान त्यसतर्फ पठाउने निर्णय गरेको हो ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।

नेपालीलाई लिन त्यसतर्फ बुधबार राती विमान जाने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । नेपाल आउन चाहनेमध्ये सबैभन्दा बढी विद्यार्थीहरुलाई प्राथमिकतामा राखिएको उनले बताए ।

बैठकले इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक उडानमार्फत नेपाल आउन चाहे त्यसको भाडा नेपाल सरकारले व्यहोर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले बताए ।

इजरायलबाट नेपाल आउन चाहनेको विवरण सरकारले अनलाइन माध्यमबाट संकलन गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : ०० बजे

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई

भोटेकोशी बाढीको २० दिनपछि बालेनले भेटे स्थानीय तहका जनप्रतिनिधि

ठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत भदौ १०