ज्वरोले थला परेपछि जंगली जडीबुटी खाँदा एक जनाको मृत्यु, दुई जना सिकिस्त « Khabarhub

ज्वरोले थला परेपछि जंगली जडीबुटी खाँदा एक जनाको मृत्यु, दुई जना सिकिस्त


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखमा जंगली जडीबुटी खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भगवतिमाई गाउँपालिमा जङ्गली जडीबुटी खाएका एक जनाको मृत्यु भएको हो । ‘ठूलो ओखती’ नामले चिनिने जंगली जडीबुटी खाएर गाउँपालिका–४ तुर्सुका २५ बर्सिया नर्तम विकको आज मृत्यु भएको हो ।

केही दिन अघिदेखि ज्वरोले थला परेका तीन जनाले घरमा राखिएको ‘ठूलो ओखती’ नामले चिनिने जंगली जडीबुटी खाएका थिए । जङ्गली जडीबुटी खाएका तीन जनामध्ये एक जनाको मृत्यु भएको र अन्य दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए ।

जङ्गली जडीबुटी ‘ठूलो ओखती’ खाएर गम्भीर घाइते हुनेमा सोही ठाउँका ६१ वर्षीय धने कामी र १२ वर्षीय रमेश विक रहेका छन् । स्वास्थ्य अवस्था गम्भीर रहेका दुई जनालाई थप उपचारका सुर्खेत पठाइएको प्रहरी प्रमुख लम्सालले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ५ : ५४ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक