इजरायलमा भएको घटनाप्रति मानव अधिकार आयोगको चासो | Khabarhub Khabarhub

इजरायलमा भएको घटनाप्रति मानव अधिकार आयोगको चासो


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको आक्रमणका कारण स्वदेश आउन चाहने नागरिकलाई फर्काउनका आग्रह गरेको छ । नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्न आयोगले अनुरोध गरेको छ ।

“इजरायलमा भएको हमलामा परी निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता नेपालीको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं उहाँहरुका परिवारलाई राहतको व्यवस्था गर्न आग्रह गर्दछौँ”, आयोगका प्रवक्ता डा टीकाराम भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

इजरायलमा हमलाका कारण त्यहाँको शान्तिसुरक्षाको अवस्था चिन्ताजनक रहेको, हमलामा परी १० नेपालीको दुःखद् निधन भएको, केही घाइते भएको र केही असुरक्षित अवस्थामा रहेको जानकारी आयोगलाई प्राप्त भएको विज्ञप्तिमा भनिएको छ ।

यस विषयमा सरकारबाट गरिएका हालसम्म भइरहेका प्रयासको सराहना गर्दै सो विषयमा सरकारकाबाट भएको कार्यको यथार्थ जानकारी आयोगलाई उपलब्ध गराइदिन आयोगले आज सरकारलाई पत्राचारसमेत गरेको छ ।

विश्वको जुनसुकै मुलुकमा र जुनसुकै अवस्थामा रहेका भए पनि नेपाली नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्नु सरकारको दायित्व भएको आयोगले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : १२ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता