विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच हुने खेलका लागि सुरक्षा व्यवस्था चुस्त « Khabarhub

विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच हुने खेलका लागि सुरक्षा व्यवस्था चुस्त


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आगामी अक्टोबर १४ मा भारत र पाकिस्तानबीच बहुप्रतीक्षित खेल हुँदैछ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलाइनेछ ।

खेललाई लिएर प्राप्त धम्कीहरूलाई मध्यनजर गर्दै गुजरात प्रहरीले सुरक्षाको कडा व्यवस्था गरेको छ । प्रहरी कमिस्नर जीएस मलिकका अनुसार सो खेलका लागि ७ हजार पुलिसकर्मी र ४ हजार होमगार्डका जवान तैनाथ गरिनेछ ।

साथै एनएसबीको बम स्क्वाड र एन्टी ड्रोन टोली पनि सुरक्षा व्यवस्थामा सामेल हुनेछन् । त्यस्तै, खेलाडी, भीभीआईपी र दर्शकको सुरक्षाका लागि सीआरपीएफ, आरएएफ र एनएसजी पनि छुट्टै तैनाथ गरिनेछन् ।

खेलका सबै टिकट पहिले नै बिक्री भइसकेका छन् । खेलका दौरान स्टेडियमको सुरक्षामा मात्र नभएर सहरका अन्य संवेदनशील क्षेत्रमा पनि प्रशासनले प्रहरी खटाउने भएको छ । स्टेडियमको छेउछाउमा रहेका होटलमा पनि जाँच गरिनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : २४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना