विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच हुने खेलका लागि सुरक्षा व्यवस्था चुस्त « Khabarhub

विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच हुने खेलका लागि सुरक्षा व्यवस्था चुस्त


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आगामी अक्टोबर १४ मा भारत र पाकिस्तानबीच बहुप्रतीक्षित खेल हुँदैछ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलाइनेछ ।

खेललाई लिएर प्राप्त धम्कीहरूलाई मध्यनजर गर्दै गुजरात प्रहरीले सुरक्षाको कडा व्यवस्था गरेको छ । प्रहरी कमिस्नर जीएस मलिकका अनुसार सो खेलका लागि ७ हजार पुलिसकर्मी र ४ हजार होमगार्डका जवान तैनाथ गरिनेछ ।

साथै एनएसबीको बम स्क्वाड र एन्टी ड्रोन टोली पनि सुरक्षा व्यवस्थामा सामेल हुनेछन् । त्यस्तै, खेलाडी, भीभीआईपी र दर्शकको सुरक्षाका लागि सीआरपीएफ, आरएएफ र एनएसजी पनि छुट्टै तैनाथ गरिनेछन् ।

खेलका सबै टिकट पहिले नै बिक्री भइसकेका छन् । खेलका दौरान स्टेडियमको सुरक्षामा मात्र नभएर सहरका अन्य संवेदनशील क्षेत्रमा पनि प्रशासनले प्रहरी खटाउने भएको छ । स्टेडियमको छेउछाउमा रहेका होटलमा पनि जाँच गरिनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : २४ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका