सङ्खुवासभामा डेङ्गु परीक्षण कीट अभाव « Khabarhub

सङ्खुवासभामा डेङ्गु परीक्षण कीट अभाव


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा डेङ्गु रोग परीक्षण गर्ने कीट अभाव भएको छ । कीट अभावले बिरामीलाई मर्का परेको छ । अस्पतालमा बिरामीको सङ्ख्या भने बढिरहेकोछ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत विकास आचार्यका अनुसार अस्पतालमा आउने बिरामीले डेङ्गु परीक्षण सेवा नपाएर निजी अस्पताल जानुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा तीन दिनदेखि कीट सकिँदा डेङ्गु परीक्षणको काम रोकिएको हो । कीटका लागि स्वास्थ्य मन्त्रालय र कोशी प्रदेश कार्यालयमा माग गरिसकिएको छ ।

सङ्खुवासभामा साउन महिनायता डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा डेङ्गुका बिरामी बढ्दै गएपछि श्ययासमेत अभाव हुन थालेको छ । बिरामीलाई अस्पतालको ‘प्यासेज’ र सभाकक्षमा राखेर उपचार गर्नुपरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १० : २२ बजे

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका