विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै  « Khabarhub

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै 


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछन् । आज पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यो खेल भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ र सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएकोले यस खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्ने छैन ।

तर बंगलादेशका लागि भने सन् २०२५ को च्याम्पियन्स ट्रफीमा छनौटका लागि यो खेलको जित आवश्यक रहेको छ । अहिले बंगलादेश आठौँ स्थानमा रहेको छ ।

त्यसैगरी आज अर्को खेलमा पाकिस्तानले इङल्याण्डको सामना गर्नेछ । कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

प्राविधिक रुपमा पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना भएपनि व्यवहारिक रुपमा भने सम्भव देखिँदैन । पाकिस्तान सेमिफाइनलमा पुग्न इंग्ल्याण्डलाई २८७ रन अन्तरले पराजित गर्नुपर्ने देखिन्छ । त्यस्तै इंग्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिइसकेको छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ९ : ५३ बजे

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि