सवारी दुर्घटनामा एक युवकको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एक युवकको मृत्यु


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

दमक– नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)ले चलाएको स्कारपियोसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा झापाको कमल गाउँपालिका वडा नं ६ का एक युवकको मृत्यु भएको छ ।

कन्काइ नगरपालिका-८ बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो । शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक कमल–६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१च ७८३९ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

स्कारपियो र चालक नेपाल प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक ५१ वर्षीय भीमबहादुर दाहाललाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १ : १९ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको