‘टुवेल्फ्थ फेल’को कमाई २४.१६ करोडबढी « Khabarhub

‘टुवेल्फ्थ फेल’को कमाई २४.१६ करोडबढी


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २००० मा रिलिज भएको ‘मिसन कश्मीर’ सबैभन्दा धेरै चर्चा बटुलेको भारतीय फिल्ममध्येको एक थियो । सोही वर्ष ऋतिक रोशनलाई रातारात स्टार बनाएको फिल्म ‘कहो ना प्यार है’ पनि सार्वजनिक भएको थियो । हुन त त्यो फिल्मले औसत व्यापार गर्दै २३ करोड भारु कमायो ।

सन् २०२३ मा निर्देशक विधुविनोद चोपडा नयाँ फिल्म ‘टुवेल्फ्थ फेल’ लिएर फर्किएका छन् । विक्रान्त मेस्सी स्टारर यो फिल्मले कमाइको मामिलामा ‘मिसन कश्मीर’लाई समेत उछिनेको छ । यो फिल्मले भारतमा २५.६१ करोड भारु नेट कमाइसकेको छ ।

मंगलबारसम्म फिल्मले २४.१६ करोड भारु कमाएको थियो । बुधबार पनि फिल्मले थप १.४५ करोड भारु कमायो । यदि अहिलेको स्थितिमा हुन्थ्यो भने ‘मिसन कश्मीर’को कमाइ १०० करोड भारुभन्दा धेरै हुन्थ्यो भने यसको कुल कमाइ डेढ सय करोड हुन्थ्यो । यो हिसाबमा ‘टुवेल्फ्थ फेल’लाई विधुविनोद चोपडाको अहिलेसम्म धेरै कमाइ गर्ने सफल फिल्म मान्न सकिन्छ । यो फिल्मले सजिलैसँग भारतीय बक्स अफिसमा ३५ करोड भारुको कमाइ गर्ने देखिएको छ ।

यो फिल्मको सफलतासँगै निर्देशक चोपडा ७० वर्षको उमेरमा पनि हिट फिल्म बनाउने मेकरको रुपमा दरिएका छन् । यसअघि यश चोपडाले ८० वर्षको उमेरमा ‘जब तक है जान’ र ७२ वर्षको उमेरमा ‘वीरजारा’ बनाएका थिए । ‘टुभेल्थ फेल’ फिल्मको सफलताले के पुष्टि गर्छ भने अहिले पनि दर्शक असाधारण कथावस्तुप्रति आकर्षित हुन्छन् ।

 यो फिल्मले भारतको लोकसेवाको प्रवेश परीक्षामा एक विद्यार्थीले उत्तीर्ण गर्न गर्ने संघर्षको कथा पेश गर्छ । यो फिल्मले असफलतामा हार नमान्न र हिम्मतलाई निरन्तरता दिन सन्देश दिन्छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  २ : ५६ बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र