केराखेती मासेर फूलखेती « Khabarhub

केराखेती मासेर फूलखेती


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– चितवनको कालिका नगरपालिका-१ का किसानले केराखेती मासेर फूलखेती गर्न थालेका छन् । वडा नं १ लङ्कालाइनका कृषक महेन्द्रप्रसाद पौडेल र चेकमान वाइबाले केराखेती गरिँदै आएको जग्गामा संयुक्तरुपमा फूलखेती थालेका हुन् ।

तीन बिघा क्षेत्रफलमा लगाइएको केराखेती मासेर व्यावसायिक सयपत्री फूलखेती थालिएको पौडेलले बताए। विगतका वर्षमा करोडौँको फूल विदेशबाट आयात भएको देखेर देशलाई फूलमा आत्मनिर्भर बनाउन केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यहाँ फूलखेती गरिएको उनको भनाइ थियो ।

कालिका–५ का स्थानीय बासिन्दा पौडेल एक प्राङ्गारिक कृषिको अभियन्तासमेत हुन्। उनले योसँगै अन्य स्थानमा विभिन्न तरकारी तथा फलफूलको प्राङ्गारिक खेती गर्दै आएका छन् । ‘विगतमा केराखेती गरिँदै आएको जग्गा भाडामा लिएर यस वर्ष सयपत्री फूलको खेती गरेका हौँ’, उनले भने, ‘स्थानीयस्तरमा विदेशी फूलको आयात रोकिएमा हामीले यसबाट सोचेजस्तो आम्दानी लिन सक्छौँ ।’

उन्नति कृषि फार्ममार्फत एकै ठाउँमा तीन बिघा क्षेत्रफल जग्गामा फूलखेती गर्दै आएको बताउँदै पौडेलले यस स्थानमा ६० हजार सयपत्री फूलका बिरुवा रोपेको जानकारी दिए। उनले भने, ‘राम्रो बजारीकरण हुनसकेमा एउटा बिरुवाबाट हामीले रू ३० देखि ४० सम्म लिन सक्छौँ ।’ दुई जना मिलेर फूलखेती सुरु गरेको भन्दै उहाँले यसका लागि करिब रू पाँच लाख ५० हजार लगानी भएको बताए।  

पौडेलले यसबाट रू १५ लाखको आम्दानी हुने आशा व्यक्त गरे। उनले भने, ‘पहिला केराखेती गर्दा रासायनिक विषादीको प्रयोगले जग्गा बिग्रेको थियो । यसलाई विस्तारै सुधार्दै लगेर प्राङ्गारीकतर्फ लैजाने योजना छ ।’ यहाँ सूर्यमुखी फूलको खेती पनि गर्ने तयारी भइरहेको उनले जानकारी गराए।

रत्ननगर नगरपालिका–१५ घर भएका कृषक वाइबाले पौडेलसँग मिलेर पहिलोपटक साझेदारीमा फूलखेती गरेको बताए। विगतको वर्षमा भन्दा यस वर्ष चितवनमा फूलखेती अलि बढीमात्रामा गरिएको भन्दै उनले यहाँ उत्पादन भएका फूल स्थानीय बजारमाभन्दा पनि काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा निर्यात गर्ने गरिएको जानकारी दिए। 

वाइबाले स्थानीय पालिकाले केहीमात्रामा बजारीकरण तथा खेतीमा सहयोग गरेको जानकारी दिए। ‘हाल दैनिक सात-आठ क्विन्टल फूलको बिक्री हुँदै आएको छ ।’ हालसम्मको बिक्रीले लगानी सुरक्षित भइसकेको बताउँदै वाइबाले अब दुई-तीन दिनको बिक्रीबाट हुने आम्दानीबाट नाफा मिल्ने बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ३ : २२ बजे

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

महेन्द्रनगर– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता

एजेन्सी– क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड