इथियोपियामा ७६ लाख बालबालिका विद्यालय बाहिर : युनिसेफ « Khabarhub

इथियोपियामा ७६ लाख बालबालिका विद्यालय बाहिर : युनिसेफ


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– इथियोपियामा चरम प्राकृतिक तथा  मानव निर्मित विपद्को निरन्तर सामना गर्नुपरेको कारण करिब ७६ लाख बालबालिका विद्यालय बाहिर रहेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार जनाएको छ । 

इथियोपियाको आफ्नो पछिल्लो मानवीय अवस्था प्रतिवेदनमा एजेन्सीले पूर्वी अफ्रिकी देशका विभिन्न भागमा जारी द्वन्द्वले बालबालिकाको शिक्षामा पहुँचमा नकारात्मक असर गरिरहेको जनाएको छ। प्रतिवेदनका अनुसार ‘अम्हारादेखि ओरोमियाको बीचमा चलिरहेको द्वन्द्वले विद्यालय छाड्ने  बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । 

इथियोपिया कुल ७६ लाख बालबालिका विद्यालय बाहिर रहेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले अम्हारा क्षेत्रमा द्वन्द्व चलिरहेको  तनावपूर्ण  तथा अस्थिर अवस्था कायम रहेको  देखाएको छ । नियमित आवागमनमा प्रतिबन्धहरू कायमै रहेकाले मानवीय सहायताको प्रावधानमा कठिनाइहरू व्याप्त छन् ।  

युनिसेफले अम्हारा क्षेत्रीय शिक्षा ब्यूरोलाई उदृत गर्दै द्वन्द्वका कारण समस्याग्रस्त क्षेत्रका विभिन्न स्थानका २८ वटा  विद्यालयमा क्षति पुर्‍याएको जनाएको छ । जसका कारण नयाँ शैक्षिक वर्षको शिक्षा पुनः सञ्चालनमा चुनौती खडा गरेको छ ।  

साथै यस क्षेत्रका अन्य भागमा भारी वर्षा, हावाहुरी र बाढीका कारण दुई सय ५४ विद्यालयमा क्षति पुग्दा ९२ हजार ६०० भन्दा बढी बालबालिका प्रभावित भएको जनाइएको छ । कोषको कमीले इथियोपियामा मानवीय प्रतिक्रियामा बाधा पुर्‍याइरहेको छ ।

युनिसेफका अनुसार यसको ६७४.३ ६७ करोड ४३ लाख अमेरिकी डलर बालबालिकाका लागि मानवीय कार्य -२०२३  इथियोपियाको लागि करिव ७२  प्रतिशत कोषविहीन रहन्छ जुन मानवीय आवश्यकताहरू देशभरका कमजोर जनसङ्ख्याहरू पुग्न कठिन स्थानहरूमा रहेका छन् ।  

युनिसेफले इथियोपियामा बालबालिका, किशोरकिशोरी, महिला र पुरुषहरूको मानवीय आवश्यकताहरू पूरा गर्न महत्वपूर्ण कोषको लागि अपिल गरिरहन्छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ४ : २३ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको