इथियोपियामा ७६ लाख बालबालिका विद्यालय बाहिर : युनिसेफ | Khabarhub Khabarhub

इथियोपियामा ७६ लाख बालबालिका विद्यालय बाहिर : युनिसेफ


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– इथियोपियामा चरम प्राकृतिक तथा  मानव निर्मित विपद्को निरन्तर सामना गर्नुपरेको कारण करिब ७६ लाख बालबालिका विद्यालय बाहिर रहेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार जनाएको छ । 

इथियोपियाको आफ्नो पछिल्लो मानवीय अवस्था प्रतिवेदनमा एजेन्सीले पूर्वी अफ्रिकी देशका विभिन्न भागमा जारी द्वन्द्वले बालबालिकाको शिक्षामा पहुँचमा नकारात्मक असर गरिरहेको जनाएको छ। प्रतिवेदनका अनुसार ‘अम्हारादेखि ओरोमियाको बीचमा चलिरहेको द्वन्द्वले विद्यालय छाड्ने  बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । 

इथियोपिया कुल ७६ लाख बालबालिका विद्यालय बाहिर रहेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले अम्हारा क्षेत्रमा द्वन्द्व चलिरहेको  तनावपूर्ण  तथा अस्थिर अवस्था कायम रहेको  देखाएको छ । नियमित आवागमनमा प्रतिबन्धहरू कायमै रहेकाले मानवीय सहायताको प्रावधानमा कठिनाइहरू व्याप्त छन् ।  

युनिसेफले अम्हारा क्षेत्रीय शिक्षा ब्यूरोलाई उदृत गर्दै द्वन्द्वका कारण समस्याग्रस्त क्षेत्रका विभिन्न स्थानका २८ वटा  विद्यालयमा क्षति पुर्‍याएको जनाएको छ । जसका कारण नयाँ शैक्षिक वर्षको शिक्षा पुनः सञ्चालनमा चुनौती खडा गरेको छ ।  

साथै यस क्षेत्रका अन्य भागमा भारी वर्षा, हावाहुरी र बाढीका कारण दुई सय ५४ विद्यालयमा क्षति पुग्दा ९२ हजार ६०० भन्दा बढी बालबालिका प्रभावित भएको जनाइएको छ । कोषको कमीले इथियोपियामा मानवीय प्रतिक्रियामा बाधा पुर्‍याइरहेको छ ।

युनिसेफका अनुसार यसको ६७४.३ ६७ करोड ४३ लाख अमेरिकी डलर बालबालिकाका लागि मानवीय कार्य -२०२३  इथियोपियाको लागि करिव ७२  प्रतिशत कोषविहीन रहन्छ जुन मानवीय आवश्यकताहरू देशभरका कमजोर जनसङ्ख्याहरू पुग्न कठिन स्थानहरूमा रहेका छन् ।  

युनिसेफले इथियोपियामा बालबालिका, किशोरकिशोरी, महिला र पुरुषहरूको मानवीय आवश्यकताहरू पूरा गर्न महत्वपूर्ण कोषको लागि अपिल गरिरहन्छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ४ : २३ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी