नेपाल टेलिकमको आम्दानी घट्यो | Khabarhub Khabarhub

नेपाल टेलिकमको आम्दानी घट्यो


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमको आर्थिक वर्ष २०८०-८१ को पहिलो तीन महिनामा रू ३९ करोड बढी आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तिय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कूल आय रू १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको जनाइएको छ । 

उक्त रकम गत आवको सोही अवधिको कूल आयको तुलनामा तीन दशमलव ५४ प्रतिशतले कमी भएको हो । गत आवमा रू ११ अर्ब चार करोड ९० हजार आम्दानी भएको थियो । उक्त आम्दानीको तुलनामा चालू आवमा रु ३९ करोड १२ लाख ९७ हजार कमी भएको टेलिकमले जनाएको छ ।

कम्पनीको कूल सञ्चालन आय पनि रू ४९ करोड २५ लाख २१ हजार घटेको छ । चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको कूल सञ्चालन आय रू आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कूल सञ्चालन आय रू नौ अर्ब सात करोड ७५ लाख ८४ हजारको तुलनामा रू ४९ करोड २५ लाख २१ हजार (अर्थात्, ५.४३ प्रतिशत) ले कमी भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफामा पनि कमी आएको जनाएको छ । कम्पनीको खुद मुनाफा प्रथम तीन महिनामा रू दुई अर्ब दुई करोड ७४ लाख ३२ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिमा रू दुई अर्ब २२ करोड ५५ लाख छ हजार रहेको थियो । गत आवको तुलनामा चालू आवमा रू १९ करोड ८० लाख ७४ हजार (अर्थात, ८.९० प्रतिशत) ले कमी भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी यस त्रैमासिक अवधिमा रू ४५.०५ रहेको छ । चालु आवमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणमा ओटिटी सेवाको बढ्दो प्रयोग रहेको जनाइएको छ ।

राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको जनाइएको छ । सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएका कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर पर्नुका साथै बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब कमी  भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ६ : २८ बजे

भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक

बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

काठमाडौं – शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा

उत्तराखण्डको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार

उत्तराखण्ड – विगत १७ दिनदेखि भारतको उत्तरकाशी सुरुङमा फसेका ४१

कानुनमा साना उद्योग प्रवर्द्धनको व्यवस्था गर्न माग

काठमाडौं– लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’