भूकम्पपीडितलाई सघाउन आह्वान | Khabarhub Khabarhub

भूकम्पपीडितलाई सघाउन आह्वान


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले भूकम्पपीडितलाई सघाउन आह्वान गरेका छन् । 

गोरखा– काठमाडौँ सम्पर्क मञ्चले भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले आज आयोजना गरेको देउसीभैलो कार्यक्रममा उपाध्यक्ष पाण्डेले प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहुनेतर्फ विशेष ध्यान दिन सरकारलाई आग्रह गरे।  

उनले भूकम्पलगायत सम्भावित विपद् तथा प्रकोप व्यवस्थापनका लागि सरकार सधैँ सचेत हुनुपर्नेमा जोड दिए। नेता पाण्डेले प्रभावितले चिसोको समयमा खुला आकाशमा रात बिताउन पर्दा वृद्धवृद्धा, बालबालिका र महिलाको स्वास्थ्यमा आउने समस्या निराकरण गर्न सरकार संवेदनशील हुनुपर्ने बताए ।

पोलिटब्युरो सदस्य दिलु पन्तले आपूर्ति कम भएकाले पीडितले राहत सामग्री नपाएका भन्दै त्यसलाई सम्बोधन गर्न आग्रह गरे। 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ६ : ३८ बजे

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज मंसिर १९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर ५,

एनसेलको खरिदबिक्री छानबिन गर्न सत्ता गठबन्धन सहमत

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठकमा एनसेलको स्वामित्व खरिदबिक्री शंकास्पद भएको भन्दै

जुवातास खेलिरहेका १४ जना पक्राउ

काठमाडौँ– टोखा नगरपालिका-३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा

रेकर्ड ब्रेक गर्दै ५०० करोड क्लब प्रवेश गर्ने दाउमा रणवीरको ‘एनिमल’

काठमाडौं– रणवीर कपुरको मुख्य अभिनय रहेको फिल्म ‘एनिमल’ ले ४

६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई पालिकाको १० हजारसहित बिदाई 

दोलखा– आज २०औं अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपाल लगायत विश्वभर विभिन्न