लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ « Khabarhub

लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अवैध लागूऔषध सहित सिन्धुलीबाट ३ जना, पर्साबाट १ जना, महोत्तरीबाट २ जना, तनहुँबाट १ जना र कैलालीबाट १ जना गरी जम्मा ८ जना पक्राउ परेका छन्।

सिन्धुली, कमलामाई नगरपालिका –६ माझिटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ५ ग्राम ९ सय ६० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नुवाकोट तार्केश्वर नगरपालिका –७ बस्ने २२ वर्षीय भरत रिमाल र खोटाङ खोट्टेहाङ गाउँपालिका–५ बस्ने २३ वर्षीय बिपिन मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले बा।५ ख ३१४९ नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। साथै सवारी साधन र चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्सा, वीरगंज महानगरपालिका–१६ रजत जयन्ती चौकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्रामसहित बारा परवानीपुर गाउँपालिका–५ बस्ने २० वर्षीय युवराज सिंहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सिंहलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

महोत्तरी, सम्सी गाउँपालिका-५ देवीस्थानबाट अवैध लागूऔषध गाँजा करिब २ सय ९० केजीसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–७ बस्ने २५ वर्षीय लिला बहादुर थिङ र हेटौंडा उपमहानगरपालिका–१३ बस्ने राजेश घलान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले सम्सीबाट जलेश्वरतर्फ जाँदै गरेको ना।०५ ख ९७११ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक सिटको पछाडि लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी चालक लिला र सहचालक राजेशलाई पक्राउ गरेको हो।

तनहुँ, आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३० ग्रामसहित पर्सा पर्सागढी नगरपालिका –९ बस्ने १९ वर्षीय राहुल पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय आबुखैरेनिबाट खटिएको प्रहरीले ग।२ ख ००९८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

कैलाली, गोदावरी नगरपालिका–५ गेटी बस्ने २८ वर्षीय नबिन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २७० मिलिग्राम र डिजिटल तराजु १ थानसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई कोठाबाट उक्त पदार्थ र तराजुसहित फेला पारी पक्राउ गरेको हो।

सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : १७ बजे

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको

स्वास्थ्य मन्त्रालयमा ११औँ तहका उच्च अधिकारीको हेरफेर, प्रवक्तामा यसोदा अर्याल नियुक्त

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरुको

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्ध