पुलिसले जित्यो प्रथम वीरगञ्ज गोल्डकपको उपाधि « Khabarhub

पुलिसले जित्यो प्रथम वीरगञ्ज गोल्डकपको उपाधि


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – नेपाल पुलिस क्लबले वीरगञ्जमा सञ्चालित प्रथम वीरगञ्ज गोल्डकप २०८० को उपाधि उचालेको छ । प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।

उपाधिसँगै पुलिसले नगद रु ११ लाख ११ हजार एक सय ११ सहित ट्रफी र मेडल हात पारेको छ भने उपविजेता आर्मीले नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफीमा चित्त बुझाएको छ ।

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सम्पन्न फाइनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टिमले बराबरी खेलेपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आर्मीका चारै जना स्ट्राइकरले गोल गर्न चुकेपछि उपाधि पुलिसको पोल्टामा गएको हो । टाइब्रेकरमा पुलिसका लागि कप्तान राम वजु र बुद्ध तामाङले गोल गरे भने उज्ज्वल राईको पेनाल्टी सुट आर्मीका गोलरक्षक विकेश कुथुले रोकेर विफल पारिदिएका थिए ।

टाइब्रेकरमा आर्मीका कप्तान नवयुग श्रेष्ठको प्रहार गोलपोस्टको सेकेन्ड बार बाहिर गयो भने विमल पाण्डे र सन्तोष केसीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले जोगाएका थिए । जितेन्द्र कार्कीको प्रहार भने गोलपोस्टको बारमा लागेर फर्किएको थियो ।

फाइनल खेलको म्यान अफ दी म्याच टाइब्रेकरमा आर्मीका लगातार तीनवटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक शत्रुधन चौधरी घोषित भएका छन् । उनले क्वेस्ट फार्मासियुटिकलको तर्फबाट रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका प्रताप गुरुङ घोषित भए । उनले नगद रु ५० हजार पनि प्राप्त गरे ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसकै शत्रुधन चौधरी, उत्कृष्ट मिडफिल्डर पुलिसकै उज्ज्वल राई र उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे घोषित भएको आयोजकले जनाएको छ । उनीहरूले जनही रु २०–२० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट कोच पुलिसका चेतन घिमिरे घोषित भए । उनले पनि नगद रु २० हजार प्राप्त गरे ।

प्रतियोगितापश्चात आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले विजेता र उपविजेतालाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ९ : २४ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीका लागि अलग्गै इमेल

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै

साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति  

काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो

वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार

काठमाडौं– नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१