कानुन निर्माणमा बागमती प्रदेश अगाडि : सभामुख पाठक « Khabarhub

कानुन निर्माणमा बागमती प्रदेश अगाडि : सभामुख पाठक


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति, नियम, कानुन निर्माणलगायतका गतिविधिमा अगाडि रहेको बताएका छन् ।

बागमती प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा आयोजित अभिमुखीकरणमा उनले सो कुरा बताएका हुन् ।

प्रदेशसभाका विषयगत समितिका सभापति, सदस्य र सचिवको लागि प्रभावकारी समिति सञ्चालन र तथ्यमा आधारित कानुन निर्माण तथा संसदीय निगरानीसम्बन्धी दुईदिने कार्यक्रममा सभामुख पाठकले बागमती प्रदेशसभाले गरेका हरेक काम र गतिविधि अरु प्रदेशका लागि पनि सिकाइ र उदाहरणीय बन्न सक्ने बताए ।

उनले भने, ‘प्रदेशको ऐन, नियम, कानुन, विधेयक निर्माणलगायतका काममा प्रदेशसभाका विषयगत समितिको ठूलो भूमिका रहन्छ, साथै सरकारको विभिन्न कार्यलाई सक्रिय बनाउने, अध्ययन अनुसन्धान गर्ने दायित्व पनि समितिकै रहेको हुन्छ ।’

संसद्को मुख्य काम ऐनको रूप दिनु भए पनि त्यसअघि ऐन निर्माणका लागि सूक्ष्मरूपमा अध्ययन गर्ने, विश्लेषण गर्ने र आवश्यकताअनुसार थपघट गर्ने काम समितिकै भएको उनको भनाइ थियो ।

उनले भने, ‘सामान्यतया विधेयक सरकारले नै ल्याउने हो, तर विधेयक निर्माणको क्रममा त्यसकोबारेमा अधिकतम छलफल गर्ने, त्यसको अध्ययन अनुसन्धान गर्ने, अनुसन्धान गर्ने परम्परा हुनु पर्ने हो, त्यो हुन सकेको छैन ।’

कार्यक्रममा उपसभामुख अप्सरा चापागाइँले प्रदेशसभाका विषयगत समिति प्रदेशसभा र सरकारको काममा सहयोग गर्न सक्रिय हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा प्रदेशसभाका सचिव कृष्णहरि खड्का, अर्का सचिव पूर्णबहादुर दर्जीलगायतले कार्यक्रमको उपलब्धिका बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ९ : ४७ बजे

मध्यपूर्व द्वन्द्वको प्रभावा : लेबनानमा इजरायल–हिज्बुल्लाह भिडन्त

एजेन्सी– लेबननमा जारी सङ्घर्षमा हिजबुल्लाहले पूर्वी लेबनानमा हेलिकोप्टरमार्फत प्रवेश गरेको

पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत

बाजुरा– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम

शपथ ग्रहणपछि राष्ट्रिय सभाका सदस्यले भने- राष्ट्र र जनताको हितमा काम गर्छौँ 

काठमाडौं– राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले राष्ट्र र जनताको हितका लागि काम

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं– काठमाडौँ महानगरपालिकाले गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई