इटालियन सिरी ए : रोमा र फिओरेन्टिनाले खेले बराबरी | Khabarhub Khabarhub

इटालियन सिरी ए : रोमा र फिओरेन्टिनाले खेले बराबरी


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमा र फिओरेन्टिनाले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेका छन् ।

रोमाका लागि रोमेलु लुकाकु र फिओरेन्टिनाका लागि लुकास मार्टिनेजले एक–एक गोल गरेका थिए । लुकाकुले खेल सुरु भएको पाँचौँ मिनेटमा गोल गरेका थिए भने मार्टिनेजले सातौँ मिनेटमा गोल फर्काएका थिए ।

खेलमा रोमाका दुई खेलाडी लुकाकु (८७औँ मिनेट) र निकोला जेलेस्की (६४औँ मिनेट)ले रातो कार्ड पाएपछि रोमा ९ खेलाडीमा सीमित भएको थियो ।

यो बराबरीसँगै १५ खेलबाट २५ अंक जोडेको रोमा चौथो स्थानमा छ भने फिओरेन्टिना २४ अंकसहित सातौँ स्थानमा छ । ३८ अंक जोडेको इन्टर मिलान तालिकाको शीर्षस्थानमा छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १० : ०९ बजे

संविधान संशोधनमा हाम्रो मुद्दा समावेश हुनेमा आशावादी छौँ : गंगाराम चौधरी

काठमाडौं–नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले संविधान संशोधनको एजेन्डामा नागरिक

काभ्रेपलाञ्चोक अदालतद्वारा तीन सय ८८ वर्ष कैद असुल

काभ्रेपलाञ्चोक– जिल्ला अदालतले एक वर्षमा विभिन्न मुद्दाका प्रतिवादीबाट तीन सय

संविधान संशोधनले मात्र राजनीतिक स्थिरता ल्याउँदैन : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा

देशभर एक हजार छ सय ५७ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं– पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

चितवन– प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु