चिनजानकै व्यक्तिबाट महिला हिंसाका घटना बढ्दै | Khabarhub Khabarhub

चिनजानकै व्यक्तिबाट महिला हिंसाका घटना बढ्दै


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएको छ । टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए । 

 टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मानव अधिकार र लैङ्गिक हिंसा अन्त्यका लागि सबै प्रतिबद्ध हिसाबले लाग्नुपर्ने बताए । ‘लैङ्गिक हिंसा न्यूनीकरणमा मेरो प्रतिवद्धता हुनेछ’, उनले भने।

उपप्रमुख मुरारी तामाङले लैङ्गिक हिंसा नियन्त्रणका लागि व्यक्ति व्यक्ति लाग्नुपर्ने बताएका छन् । लैङ्गिक हिंसा गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याउन सके हिंसा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सामाजिक सञ्जालमार्फत महिला हिंसा बढेको जनाउँदै यसलाई नियन्त्रण गर्न लाग्नुपर्ने उल्लेख गरेका छन् ।

अधिवक्ता सविन श्रेष्ठले गत वर्षमात्र नेपालमा तीन हजार तीस सय महिला हिंसा भएको जानकारी दिए। ‘चिनजानकै व्यक्तिबाट बढी महिला हिंसा हुने गरेको छ, महिला हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ’, उनले भने । पछिल्लो समय यौन हिंसामा पर्नेमा ११ देखि १६ वर्षसम्मका महिला बढी रहेको प्रहरीको तथ्यांकले देखाउँछ । 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : १७ बजे

अठार वर्षपछि सडक कालोपत्र

म्याग्दी– जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि

जसपामा जन्मियो तेस्रो धार, पहिचानवादी मोर्चाको घोषणा

उपेन्द्र यादव र अशोक राईको नेतृत्वमा विभाजित बनेको जनता समाजवादी

कोशीमा एमाले-माओबादीले दाबी पेस गर्दै

काठमाडौं– कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ। बुधबार

एस्ट्राजेनेकाले विश्वभरबाट कोरोनाविरुद्धको खोप फिर्ता लाने

काठमाडौं – एस्ट्राजेनेका कम्पनीले विश्वभर रहेका कोरोनाविरुद्धको खोप फिर्ता लैजाने

त्रिविमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

काठमाडौं– त्रिभुवन विश्वविद्यालयलाई संघीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ ।