गाजामा तत्काल मानवीय राहत वितरण गर्न डब्लूएचओका आह्वान | Khabarhub Khabarhub

गाजामा तत्काल मानवीय राहत वितरण गर्न डब्लूएचओका आह्वान


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गाजा– विश्व स्वास्थ्य संगठन डब्लूएचओले गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको छ । आइतबार डब्लूएचओको कार्यकारी बोर्डको विशेष बैठकले प्रस्ताव पारित गर्दै गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको हो । 

उसले मानवीय सहायतामा तत्काल पहुँच पुर्‍याउन र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ। पारित गरिएको प्रस्तावमा ‘चिकित्सक र स्वास्थ्यकर्मीसहितको मानवीय राहतको तत्काल गाजामा पुर्‍याउनुपर्ने भनिएको छ । 

सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्न आह्वान गरेको प्रस्तावमा ‘सशस्त्र द्वन्द्वका सबै पक्षहरूले सशस्त्र द्वन्द्व र चिकित्सा कर्मचारीहरूमा नागरिकहरूको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत उनीहरूलाई लागू हुने दायित्वहरू पूर्ण रूपमा पालना गर्नुपर्दछ’ भनेर उल्लेख गरिएको छ । 

डब्लूएचओको ७५ वर्षको इतिहासमा कार्यकारी बोर्डको विशेष बैठक यो सातौँ हो ।

 

 

 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १ : ३४ बजे

काभ्रेमा जनजीवन सामान्य बन्दै

काठमाडौं– नयाँ सरकार गठन भएसँगै गत मंगलबारदेखि ठप्प रहेको काभ्रेमा

कृषिजन्य उत्पादन आपूर्ति तथा ढुवानी सहज बनाउन अनुरोध

काठमाडौं– कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको

पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता

गण्डकी– मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार

कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपामा कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक