नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नातेदार तथा निश्चित आफन्तबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

यस्तो कानुनी व्यवस्थाका कारण बाँच्न पाउने हक हनन भएको दाबी गर्दै खेमबहादुर छन्त्याल र कानुनका विद्यार्थीहरू ओस्निक पौडेल र डेविड चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

निश्चित आफन्त र नातेदारबाट मात्र अंगदान लिन पाइने कानुनी व्यवस्था संविधानमा रहेको स्वतन्त्रतापूर्वक बाँच्न पाउने मौलिक हकसँग बाझिएको  उनीहरुको दाबी छ ।

उनीहरुले मानव अंग प्रत्यारोपण (अनियमित तथा निषेध) ऐन २०५५ मा अंगदान लिनका लागि गरिएको बन्देजको व्यवस्था खारेजीको माग गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १ : ५० बजे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश