भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’ « Khabarhub

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थप पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ थपिएका छन् । प्राकृतिकरूपमा बच्चालाई जन्मदिने सुविधासम्पन्न सो बर्थिङ युनिट थप गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार रु एक करोडको लागतमा निर्माण गरिएको नयाँ युनिट प्रसूति भवनको नजिकै थप गरिएको हो । 

प्रसूतिका लागि अस्पताल आएका तर कुनै खालको स्वास्थ्य जटिलता नभएका गर्भवती महिलालाई उक्त स्वीट्स रुममा राखिने छ । स्वीट्स रुममा पति वा नजिकको अभिभावक पनि सँगै रहने व्यवस्था गरिएको छ । प्रसूतिको समयमा अधिक पीडा हुने र उक्त समयमा अभिभावक साथमा रहँदा पीडा कम हुने विकसित मुलुकको अभ्यासलाई यहाँ प्रयोगमा ल्याउन लागिएको डा तिवारीले बताएका छन् । अभिभावकसँगै प्रत्येक स्वीट रुममा जना नर्स रहने व्यवस्था गरिएको छ । 

डा तिवारीले भने ,’यो गर्भवती महिलाले प्राकृतिक रुपमा बच्चालाई जन्मदिने ठाउँ हो ।’  प्रसव पीडाको समयमा थप पीडा नहोस्, सहज होस् भन्नका लागि यो प्राकृतिक वातावरणको अवधारणा ल्याइएको उल्लेख गर्दै उनले भने, ‘प्रसव पीडा पति वा अभिभावकलाई बाँड्न नपाउँदा महिलालाई थप पीडा महसुस हुन्छ । पतिले पनि सँगसँगै सहयोगसहितको सान्त्वना दिन सकोस् भन्नका लागि यो युनिट निर्माण गरिएको हो ।’

डा तिवारीका अनुसार प्रसूति सेवाका लागि भर्ना भएका गर्भवती महिलाको सम्पूर्ण परीक्षण गरी निरन्तर चिकित्सक आवश्यक नपर्ने अवस्थामा मात्रै स्वीट रुममा लगिने छ । स्वीट रुममा प्रसूति हुँदा आवश्यक पर्ने सम्पूर्ण सामान पहिले नै तयारी अवस्थामा रहने छन् । सुविधासम्पन्न र आधुनिक भएका कारण स्वास्थ्यका दृष्टिकोणले पनि यो अति महत्वपूर्ण हुन्छ । आमालाई पनि सहज हुने गरी सुविधा दिइएको छ ।

देशका ठूला अस्पतालमा यस्तो सुविधा लैजाने भन्ने नीतिअनुरूप पहिलोपटक यस अस्पतालमा सेवा सुरु गरिएको छ । अस्पतालमा प्रसूति सेवा लिनेको चाप बढी भएकाले शय्या सङ्ख्या बढाएर ६० पुर्‍याएको डा तिवारीले जानकारी दिए । उनले भने ‘यसले पनि अझै शय्या पुगेको छैन । कतिपय क्याबिनमा बस्न खोज्छन् । त्यो पनि पर्याप्त छैन । प्रसूतिसम्बन्धी छुट्टै भवन आवश्यक छ ।’ 

अस्पतालका स्त्री तथा प्रसूति विभागका प्रमुख प्रा डा सुनिलमणि पोखरेलका अनुसार गत वर्ष अस्पतालमा ११ हजार आठ सय ९८ जना शिशु जन्मिएका थिए । तीमध्ये ४० प्रतिशत हाराहारी शल्यक्रियाबाट बच्चा झिकिएको हो । पोखरेलका अनुसार दैनिक ३० देखि ४० गर्भवती महिला प्रसूति सेवाका लागि अस्पताल आउने गर्दछन् । उनीहरु चितवनसहित छिमेकी दसभन्दा बढी जिल्लाबाट आउने गर्दछन् । 

अस्पतालमा पोखरेलको नेतृत्वमा १३ विशेषज्ञ चिकित्सक र ३० तालिम प्राप्त नर्स कार्यरत छन् । उनीहरु २५ वर्षसम्मको अनुभवी छन् । नयाँ बर्थिङ युनिटका लागि आठ नर्सलाई तालिम दिइएको छ । तीमध्ये दुईजना मिड वाईफरीमा स्नातक गरेका छन् भने छ जना ‘स्किल बर्थिङ एटेन्डेन्स’ को तालिम लिएका नर्स छन् । 

अस्पतालमा नवजात शिशुका लागि १६ शय्याको शिशु सघन उपचार कक्ष रहेका छन् । चार शय्याको कङ्गारु कियर रहेको छ । प्रसूतिका लागि दुई वटा शल्यक्रिया कक्ष छन् । अस्पतालका ३९ वटा क्याबिन अधिकांशमा प्रसूति गराएकाबाटै  भरिने गरेको छ । पोखरेलले बर्थिङ युनिट थप भएसँगै प्राकृतिक रुपमा घरकै वातावरणमा बच्चा जन्माउन सकिने बताउनुभयो । राजधानी बाहिर सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पतालमा यो पर्दछ । 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १ : ५९ बजे

रत्ननगरले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने

चितवन– रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट

रेशम चौधरीलाई पक्रन फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

काठमाडौं- लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

काठमाडौं- नेपाल सरकारको मापदण्डबाहिर रहेर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका दर्जनौँ