नेटवर्क नहुँदा फोन सम्पर्क गर्नै सकस | Khabarhub Khabarhub

नेटवर्क नहुँदा फोन सम्पर्क गर्नै सकस


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बेदकोट कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा गतिलो मोबाइल नेटवर्क नहुँदा यहाँका बासिन्दाले फोन सम्पर्क गर्न सास्ती भोगिरहेका छन् । भीमदत्त, बेदकोट, शुक्लाफाँटा तथा कृष्णपुर नगरपालिकाको चुरे क्षेत्रअन्तर्गत पर्ने कतिपय ठाउँमा गतिलो मोबाइल नेटवर्क नहुँदा सम्पर्क गर्न सकस हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ ।

‘नेपाल टेलिकमको टावर भएर पनि राम्रोसँग नेटवर्क टिप्दैन । फोन सम्पर्क गर्न समस्या हुन्छ,’ बेदकोट नगरपालिका–४ का हरिश पन्त भन्नुहुन्छ, ‘गतिलोरुपले इन्टरनेट पनि चल्दैन ।’ कृष्णपुर नगरपालिका– १ बण्डमा नेपाल टेलिकमको नेटवर्कका लागि स्थापना गरिएको टावर सञ्चालनमा नआउँदा यहाँका बासिन्दा टेलिफोन सम्पर्कका लागि समस्या झेल्न बाध्य छन् । 

लामो समयपछि टेलिकमको टावर स्थापना भए पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेको कृष्णपुर नगरपालिका–१ का विनोदसिंह धामीले बताए।

‘टेलिफोनको सुविधा थिएन । लामो रस्साकस्सीपछि टावर स्थापना भएको छ’, उनले भने, ‘वर्षौपछि सहजै सञ्चारमा पहुँच पुग्न भनेर सुखी थियौँ  तर अहिलेसम्म सञ्चालनमा आएको छैन ।’ उनका अनुसार नेपाल टेलिकमको सीम प्रयोग गर्ने ग्राहक नेटवर्क नआउँदा फोन सम्पर्क गर्न राजमार्गतर्फ झर्नुपर्ने बाध्यता छ । 

स्थानीय कालिका माध्यमिक विद्यालयको भवनमाथि टेलिकमको मोबाइल नेटवर्क टावर ठडाइएको छ । टावर सञ्चालनमा नआउँदा बण्ड, दोमिल्ला, पहरिया, सुन्दरीफाँटालगायत क्षेत्र गतिलो सञ्चार सुविधाबाट बञ्चित छन् । ‘टावर राख्न विद्यालयको ठाउँ उपलब्ध गराएको थियो । नेटवर्क सञ्चालनमा नआउँदा फोन सम्पर्क गर्न निकै समस्या हुन्छ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बोहराले भने, ‘यो टावर सञ्चालनमा आए यहाँको नेटवर्कको समस्या समाधान हुने विश्वास छ ।’

नेटवर्क नहुँदा नेपाल टेलिकमको सीम प्रयोग गर्ने सेवाग्राहीले समस्या भोग्नु परेको स्थानीय चन्द्रादेवी रावतको भनाइ छ । 

‘फोन राम्रोसँग सुनिँदैन । इन्टरनेट पनि चल्दैन । चाहिएको बेला फोन सम्पर्क गर्न सकिदैन’, उनले भने, ‘नेटवर्क नहुँदा बोल्दाबोल्दै फोन काटिन्छ । चाहिएको बेला नियमित सम्पर्क गर्न सकिदैन ।’ कृष्णपुर नगरपालिका– १ बण्डमा निर्माण भएको टेलिकमको टावर सञ्चालनको अन्तिम चरणमा रहेको महेन्द्रनगरस्थित दूरसञ्चार कार्यालयका प्रमुख प्रितम भट्टले बताए ।

विद्युत् उपलब्ध नहुँदा टावर सञ्चालनमा केही ढिलाइ भएको उनको भनाइ छ । ‘आवश्यक उपकरण आइसकेका छन् । एक महिनाभित्र सञ्चालन गर्ने गरी काम अघि बढेको छ,’ उनले भने, ‘विद्युत् उपलब्ध नहुँदा केही ढिलाइ भयो । अब केही समस्या छैन ।’

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ३ : ४४ बजे

प्रस्ताव नै नमागी ३६१ करोड कर्जा प्रवाह, ब्याज र हर्जनाको हिसाबै छैन

काठमाडौँ – दशक लामो सशस्त्र सङ्घर्ष त्यागेर मूलधारको राजनीतिमा प्रवेश

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन विधेयकको मस्यौदामा परामर्श माग

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य

विपद् व्यवस्थापनसम्बन्धी उपकरणको संयुक्त डेमो प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगर प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल

जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– काठमाडौंबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी

घनपोखराको प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै

गण्डकी– लमजुङको मर्स्याङ्दी गाउँपालिका–१ स्थित घनपोखराका प्रकृति र संस्कृति सम्पदालाई