सेयर बजारमा १५.४० अंकको गिरावट « Khabarhub

सेयर बजारमा १५.४० अंकको गिरावट


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार पुन ओरालो लागेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार पुन ओरालो लागेको हो । 

सोमबार १५.४० अंकले ओरालो लागेको सेयर बजार १९४८.५७ विन्दुमा पुगेर बन्द भएको छ ।  आज ३०३ कम्पनीका १ लाख ९ हजार ९१८ पटक भएको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको छ । 

 आज ८१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १५७ कम्पनीको ओरालो लागेको छ भने ३ वटाको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार फेरि ओरालो लागेको हो । तर, कारोबार रकममा भने वृद्धि भएको छ । 

लामो समयपछि आइतबार सेयर बजारमा उछाल आएको थियो । आइतबार नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो ।  आज २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ३ : ४७ बजे

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय