हाम्रो वास्तविकताका आधारमा संसद् अघि बढ्छ : सभामुख घिमिरे « Khabarhub

हाम्रो वास्तविकताका आधारमा संसद् अघि बढ्छ : सभामुख घिमिरे


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले लोकतन्त्रको असल अभ्यासमा रहेका मुलुकबाट सिकेर हाम्रो आफ्नो वास्तविकताका आधारमा सदन र ससदीय समितिलाई अघि बढाइने बताएका छन् ।

आज १७औँ संघीय संसद् सेवा दिवसका अवसरमा आयोजित ‘संसद सेवाको प्रभावकारिता’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले मूलककै सर्वोच्च विधायिकीलाई विशिष्ट तुल्याउने गरी कार्यसम्पादन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिए।

उनले भने, ‘संसद सर्वोच्च विधायिकी संस्था हो, यो अहिले त्यो अवस्थामा छ कि छैन ? हामी सबै मिलेर मेहनतकासाथ सदनलाई सर्वोच्च संस्था बनाउनुपर्छ । सदनलाई गरिमायुक्त र नतिजामुखी तुल्याउने ढंगले काम गरौँ ।’

संसदलाई प्रभावकारी तुल्याउन कर्मचारीमा इमान्दारीका साथ काम गर्ने प्रण हुनुपर्छ भन्दै सभामुख घिमिरेले कतिपय संस्थामा योग्य कर्मचारी भएपनि परिणाम दिन सकेको उदाहरण प्रस्तुत गरे ।

उनले भने, ‘जनताका प्रतिनिधिसँग सिधै काम गर्ने, कानून तर्जुमाको जिम्मेवारीमा रहने भएकाले संसद् सेवाका कर्मचारी मर्यादित र अनुशासित ढङ्गबाट कार्यसम्पादन गर्नेतर्फ सजग र सचेत हुनुपर्छ ।’

त्यस अवसरमा राष्ट्रियसभा सदस्य डा खिमलाल देवकोटाले संसद् र संसद् सचिवालयको प्रभावकारिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै कार्यपालिकाले शक्ति सन्तुलनको मर्म विपरीत संघीय संसद्लाई थोरै रकम विनियोजन गरिएको बताएका छन् ।

उनले भने, ‘चालु आर्थिक वर्षमा सरकारले प्रस्तुत गरेको  १७ खर्ब ५१ अर्बको बजेटबाट संसद्लाई जम्मा एक अर्ब २२ करोड मात्र रकम विनियोजन भएको छ । छिमेकी मुलुकमा एक सांसद बराबर छ जना विशेषज्ञसहितका सहयोगी कर्मचारी रहने गरेको पाइएकामा नेपालमा भने एक बराबर एक मात्रै छ । प्रदेश संसद्को समेत संघीय संसद्ले अभिभावकत्व लिनुपर्छ ।’

प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले सचिवालयका कर्मचारीमा उत्प्रेरणाको अवस्था कम्जोर मात्र होइन आवश्यक उपकरण र दक्ष जनशक्तिको समेत कमी रहेको बताएका छन् । उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले गुणस्तरीय सेवा प्रदान गर्न नसक्दा राज्यको उद्देश्य प्राप्ति नभएको मात्र होइन,  कर्मचारीको मनोबल समेत कम्जोर भएको छ ।’

संसद् दिवस मूल समारोहका संयोजक एवं सचिवालयका सचिव डा रोजनाथ पाण्डेले आफ्नो बुद्धि र विवेकले भ्याएसम्म जिम्मेवारी पूरा गरिरहेका विशिष्टीकृत  संसद् सेवाका कर्मचारीको पीर मर्का हेरिदिने कसले भन्ने प्रश्न उब्जेको बताएका छन्  ।

उनले भने, ‘संसद सेवाका कर्मचारी कुनै ‘बाद’का आधारमा नभई व्यवसायिकरुपमा रुपमा काम गरिरहनुभएको छ, उहाँहरूको सेवा सुविधा र उत्प्रेरणा दिने काममा अभिभावकले विशेष ध्यान पुर्‍याउनु पर्ने देखिन्छ ।’

वरिष्ठ पत्रकार हरिबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्दै लोकतन्त्रको मन्दिर मानिएको संघीय संसद्ले उच्च मनोबलकासाथ गुणस्तरीय कानून निर्माणमा ध्यान दिन आवश्यक रहेको बताए।

संसद सचिवालयका सहसचिव बविता मिश्रले मुलुकको नीतिगत तथा कानूनी व्यवस्था गर्ने संसद सेवाप्रतिको चासो पछिल्लो समय निकै खस्केको विषय परीक्षामा सहभागिता, नतिजा र टिकाइ राख्न देखिएको चूनौतिले छर्लङ तुल्याएको बताएका छन् । 

देशमा निजामती सेवाबाट संसद् सेवा अलग भएका दिन प्रत्येक वर्ष मंसिर २८ गते संसद् सेवा दिवस मनाइने गरिएको छ । दुई सदनात्मक संघीय संसद् सञ्चालन र व्यवस्थापनका लागि संसद् सचिवालयले काम गर्दै आएको छ । 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ५ : ४० बजे

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च