राष्ट्रिय एकता र सुशासन कायम राख्न सरकार सफल : महासचिव गुरुङ « Khabarhub

राष्ट्रिय एकता र सुशासन कायम राख्न सरकार सफल : महासचिव गुरुङ


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार राष्ट्रिय एकता र सुशासन कायम राख्न सफल भएको बताएका छन् । 

आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको सञ्चार संवादमा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले यसैगरी अगाडि बढ्दै देशलाई समाजवादतर्फ अगाडि बढाउनुपर्नेमा जोड दिए । 

महासचिव गुरुङले भने, ‘देश सफल रुपमा अगाडि बढिरहँदा धार्मिक राज्य स्थापना गर्नेदेखि समाप्त भइसकेको सामन्तवादको ‘मुद्दा’ लिएर केही तत्व अस्थिरता र अराजकता फैलाइरहेका छन्, यसले देशलाई कमजोर बनाएर बाह्य हस्तक्षेप बढाएर सधैँ अस्थिरता कायम गर्न खोजिरहेका छन्, यसतर्फ सचेत हुनुपर्छ ।’

मुलुकबाट भ्रष्टाचार, तस्करी, कमिसनतन्त्रको अन्त्य गर्दै सुशासन कायम गर्ने विषयमा गठबन्धन सरकारले नीति नै बनाएर अगाडि बढेको उनको दाबी थियो । सोही कारणले पछिल्लो समय धमाधम सुन तस्करी पक्राउ पर्न थालेको उनको भनाइ छ । 

महासचिव गुरुङले एनसेल शेयर खरिदबिक्री प्रकरणमा छानबिन गर्न सरकारले समिति नै गठन गरेको भन्दै दोषी उपर कारबाही भएरै छाड्ने दाबी गरे । सरकारले आफ्ना कमीकमजोरीलाई सुधार गर्दै जनपक्षीय काममा अगाडि बढेर अराजक तत्वलाई विस्थापित गर्दै लैजानुपर्नेमा जोड दिँदै उनले गणतन्त्रको स्थायित्वदेखि मुलुकको समग्र समस्या समाधानका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए।

आवश्यकताअनुसार देशको व्यवस्था र प्रणालीलाई सुधार्दै लैजानुपर्नेमा जोड दिँदै व्यवस्था नै परिवर्तन गर्छु भन्ने अराजक तत्व असफल हुने बताए । 

कम्युनिष्ट पार्टीहरुबीचको एकीकरणलाई मूर्तरूप दिन छलफल चलिरहेको बताउँदै महासचिव गुरुङले समाजवादी मोर्चालाई अगाडि बढाउने र मोर्चाभन्दा बाहिर रहेकालाई समेटेर संयोजन समिति बनाएर एकीकरण अगाडि बढाइने उनको भनाइ छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ६ : ३६ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध