यू-१९ एशिया कप : युएईद्वारा श्रीलंका २ विकेटले पराजित  « Khabarhub

यू-१९ एशिया कप : युएईद्वारा श्रीलंका २ विकेटले पराजित 


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आयोजक युएईले श्रीलंकालाई पराजित गरेको छ । सोमबार सम्पन्न समुह बि अन्तर्गतको खेलमा युएईले श्रीलंकालाई २ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछाएको युएईले ४८.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिङ गर्दै श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो ।

यो जितपछि युएईले समुह बि बाट सेमिफाइनलमा स्थान बनाउने सम्भावना बढेको छ । पहिलो खेल बङ्गलादेशसँग हारेको युएईको २ खेलमा २ अंक रहेको छ भने अब अन्तिम खेल कमजोर मानिएको जापानसँग खेल्ने छ । यसअघि आजै सम्पन्न  खेलमा बङ्गलादेशले जापानलाई ९ विकेटले पराजित गरेको थियो ।

योसँगै जापानले आफ्ना दुवै खेलमा हार बेहोरेर सेमिफाइनलको दौडबाट बाहिरिएको छ । त्यस्तै अब समुह चरणको अन्तिम खेलमा बुधबार बंगलादेश र श्रीलंका भिड्ने छन् भने युएई र जापान खेल्ने छन् । समुह बि मा बङ्गलादेशले २ खेलमा दुवै खेल जितेर ४ अंक हासिल गरेको छ श्रीलंकाको २ खेलमा २ अंक रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ७ : १९ बजे

कांग्रेस महाधिवेशनमा आजेदखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद