विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

आज मंसिर २५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर ११, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

इजरायली तोपखाना पहिलो पटक गाजा क्षेत्रमा
इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखाना सञ्चालन गरेको छ । इजरायली भूमिमाथि आक्रमण भएपछि ‘डिफेन्स फोर्स आर्टीलरी’ गाजा पट्टी भित्र तैनाथ गरिएको सेनाले जनाएको छ ।

पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२ औं फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजा पट्टीमा तैनाथ गरेका हुन् ।


तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतंकवादी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ । सो आक्रमित क्षेत्रमा आतंकवादी संगठन हमासका हतियार गोदामहरू र सैन्य पूर्वाधारहरू रहेको बुझिएको छ ।

गाजामा तत्काल मानवीय राहत वितरण गर्न डब्लूएचओका आह्वान
विश्व स्वास्थ्य संगठन डब्लूएचओले गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको छ । आइतबार डब्लूएचओको कार्यकारी बोर्डको विशेष बैठकले प्रस्ताव पारित गर्दै गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको हो ।

उसले मानवीय सहायतामा तत्काल पहुँच पुर्‍याउन र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ। पारित गरिएको प्रस्तावमा ‘चिकित्सक र स्वास्थ्यकर्मीसहितको मानवीय राहतको तत्काल गाजामा पुर्‍याउनुपर्ने भनिएको छ ।


सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्न आह्वान गरेको प्रस्तावमा ‘सशस्त्र द्वन्द्वका सबै पक्षहरूले सशस्त्र द्वन्द्व र चिकित्सा कर्मचारीहरूमा नागरिकहरूको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत उनीहरूलाई लागू हुने दायित्वहरू पूर्ण रूपमा पालना गर्नुपर्दछ’ भनेर उल्लेख गरिएको छ ।

डब्लूएचओको ७५ वर्षको इतिहासमा कार्यकारी बोर्डको विशेष बैठक यो सातौँ हो ।

हिमपातका कारण पूर्वी चीनका विद्यालयमा अनलाइन पढाइ
सोमबार बिहानैदेखि सुरु भएको हिमपातका कारण पूर्वी चीनको शान्डोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् ।

सोमबार एक्कासि जिनानमा हिउँपात र हावाहुरी शुरु भई बिहान ३ बजेदेखि १० बजेसम्म ७ मिलिमिटर हिमपात भएको थियो । हिमपातसँगै नियमित जनजीवन प्रभावित भएको छ ।


जिनानको शिक्षा विभागले सोमबार अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन जारी गर्दै विद्यालयको पठनपाठन अवरुद्ध हुन नहुने प्रतिबद्धता जनाएको छ ।

मङ्गलबार विद्यार्थीहरूलाई सुरक्षित पठनपाठनका लागि शिक्षकहरूलाई तालिम दिँदै विद्यालयको खेल मैदानमा हिउँ हटाउन समन्वय गरिरहेका छन् ।

जम्मू-कश्मीरमा विधानसभा निर्वाचन गर्न भारतीय सर्वोच्च अदालतको निर्देशन
भारतको सर्वोच्च अदालतले सोमबार जम्मू–कश्मीरमा धारा ३७० को खारेजीलाई सदर गर्दै भारतीय निर्वाचन आयोगलाई ३० सेप्टेम्बर २०२४ भित्र विधानसभा चुनाव गर्न निर्देशन दिएको छ ।

सर्वोच्च अदालतले पनि लद्दाखलाई केन्द्र शासित प्रदेशको रूपमा पुनर्गठित गर्ने निर्णयलाई सदर गरेको छ भने जतिसक्दो चाँडो राज्यको बहाली गर्न भनेको छ ।

प्रधान न्यायाधीश चन्द्रचूड, न्यायाधीश सञ्जय किशन कौल, सञ्जीव खन्ना, बीआर गवई र सूर्यकान्तको संवैधानिक इजलासले उक्त फैसला सुनाएको हो ।

प्रधान न्यायाधीश डीवाई चन्द्रचूडले सोमबार फैसला सुनाउँदै भने, ‘अदालत केन्द्र सरकारलाई भारतीय निर्वाचन आयोगले पुनर्गठन अधिनियमको धारा १४ अन्तर्गत गठित जम्मू र कश्मीरको विधान सभाको चुनाव ३० सेप्टेम्बर २०२४ भित्र सम्पन्न गर्न कदम चाल्न र छिट्टै राज्य सरकारको गठन गर्न निर्देशित गर्छ ।

भारत सरकारको प्रतिनिधित्व गर्ने सोलिसिटर जनरलले जम्मु काश्मिरलाई राज्यको दर्जा पुनर्स्थापित गरिने र केन्द्र शासित प्रदेशको रूपमा यसको दर्जा अस्थायी भएको बताएका छन् ।

उनले जम्मु–कश्मीरलाई राज्यको दर्जा पुनर्स्थापित गर्दा केन्द्र शासित प्रदेश लद्दाखको स्थिति प्रभावित नहुने बताएका छन् ।

‘सोलिसिटर जनरलले जम्मु–कश्मीरलाई राज्यको दर्जा पुनर्स्थापित गर्ने भनी दिएको निवेदनलाई ध्यानमा राख्दै जम्मू–कश्मीर राज्यलाई लद्दाख र जम्मु–कश्मीरलाई दुई केन्द्र शासित प्रदेशमा रूपान्तरण गर्न धारा ३ अनुसार अनुमति छ कि छैन भनेर निर्धारण गर्न आवश्यक छैन,’ सर्वोच्च अदालतको फैसलामा भनिएको छ ।

कुनै पनि राज्यबाट एक क्षेत्रलाई अलग गरेर केन्द्र शासित प्रदेश बनाउन अनुमति दिने हुँदा लद्दाखलाई केन्द्र शासित प्रदेशको रूपमा कायम राखिएको उल्लेख छ ।

फैसलामा भनिएको छ, ‘भारतको प्रतिनिधिमूलक लोकतन्त्रको सर्वोपरि विशेषताका रुपमा रहेको विधान सभाको प्रत्यक्ष निर्वाचनलाई राज्यको दर्जा बहाल नहुञ्जेलसम्म स्थगित गर्न सकिदैन ।’

सर्वोच्च अदालतले जम्मु–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संविधानको धारा ३७० खारेज गर्ने केन्द्र सरकारको निर्णयलाई सदर गर्दै भनेको छ, ‘कुनै पनि राज्यको तर्फबाट केन्द्र सरकारले लिने हरेक निर्णय कानुनी चुनौतीको अधीनमा हुन सक्दैन र यसले राज्यको प्रशासनलाई ठप्प पार्नेछ ।’

सन् २०१९ ५ अगस्टमा, केन्द्र सरकारले अनुच्छेद ३७० अन्तर्गत प्रदान गरिएको जम्मू र कश्मीरको विशेष दर्जा खारेज गर्ने घोषणा गरेको थियो र यस क्षेत्रलाई दुई केन्द्र शासित प्रदेशहरूमा विभाजन गरेको थियो ।

न्यायाधीश सञ्जय किशन कौलले सन् १९८० को दशकदेखि राज्य र गैरसरकारी पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनाको छानबिन र प्रतिवेदन दिन निष्पक्ष सत्य निरुपण तथा मेलमिलाप समिति गठन गर्न र मेलमिलापका उपायहरू सुझाउन सुझाव दिनुभएको छ ।

न्यायाधीश कौलले फैसलामा भनेका छन्, ‘घाउ निको पार्ने दिशामा पहिलो कदम भनेको राज्य र यसका तत्वहरूद्वारा गरिएका उल्लङ्घनका कार्यहरूको स्वीकारोक्ति हो र सत्य बोल्दा मेलमिलापको मार्ग प्रशस्त हुन्छ । ‘

उनले जम्मु काश्मिरका युवा र जनताले धेरै कष्ट भोगेको र घाउ निको पार्नुपर्ने भन्दै ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ कसरी गठन गर्ने भन्ने विषयको संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले निर्णय गर्ने हो’ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का राजदूत गाजा सीमाको भ्रमणमा
अमेरिकाले युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो लगाएको केही दिनपछि परिषद्का राजदूतहरू गाजापट्टीसँग जोडिएको राफा सीमाको भ्रमण गर्नका लागि सोमबार इजिप्ट पुगेका छन् ।

संयुक्त अरब इमिरेट्स ९युएई० र इजिप्टले आयोजना गरेको अनौपचारिक एक दिने भ्रमण घेरामा परेको गाजापट्टीमा बढ्दो मानवीय संकटका बीच भइरहेको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजापट्टीलाई ‘कब्रिस्तान’ भनेर वर्णन गर्नुभएको छ । उक्त भ्रमणमा रुस, बेलायतलगायतका मुलुकहरूबाट करिब एक दर्जन राजदूत सहभागी छन् ।

यद्यपि शुक्रबार परिषद्को प्रस्तावमाथि भिटो लगाएको अमेरिकाले फ्रान्सले जस्तै आफ्नो कुनै प्रतिनिधि पठाएको छैन । इजिप्टको विदेश मन्त्रालयका एक अधिकारीले राजदूतहरूको आगमनपछि एक ब्रिफिङमा भने, ‘गाजामा प्यालेस्टिनी जनतामा परेको पीडाबाट आँखा चिम्लिनुको कुनै औचित्य छैन ।’

सुरक्षा परिषद्मा युएईका राजदूत लाना नुसेबिहले सदस्य मुलुकहरूले आफ्नो ‘राष्ट्रिय र व्यक्तिगत क्षमता’ मा भ्रमणमा सहभागी भएको बताए। उनका अनुसार भ्रमणको उद्देश्य केवल गाजाका जनताले अनुभव गरेको पीडा र विनाशलाई बुझ्न मात्र नभएर उनीहरूको आशा र शक्तिलाई बुझ्न मद्दत गर्नु पनि हो ।

राजदूतहरूले राफा सीमापारको भ्रमण गर्नुअघि राष्ट्रसंघीय एजेन्सीहरू, इजिप्टका अधिकारी र स्वास्थ्य अधिकारीहरूबाट गाजा संकटका बारेमा ब्रिफिङ लिनुहुनेछ । राफा सीमा गाजाबाट इजिप्टबीचको एउटा मात्र साँघुरो प्रवेशद्वार हो । उनीहरू गाजा सीमा नजिकैको इजिप्टको सहर एअल–अरिसमा प्यालेस्टिनी बिरामीहरूको उपचार गरीरहेको एउटा अस्पतालमा पनि रोकिनु हुनेछ ।

हमासका लडाकुहरूले गाजाको सैन्यकृत सीमा तोडेर करिब एक हजार दुई सय मानिसको मृत्यु र बन्धकहरू अपहरण गर्ने गरी अक्टोबर ७ मा अभूतपूर्व आक्रमण गरेपछि इजराइलले हमासलाई समाप्त पार्ने वाचा गरेको इजरायली अधिकारीहरूले बताएका छन् । इजरायलको जबाफी आक्रमणमा अधिकांश महिला र बालबालिकासहित गाजामा कम्तीमा १७ हजार नौ सय ९७ मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घले गाजामा २४ लाख मानिसमध्ये १९ लाख युद्ध र इजरायलको व्यापक बमबारी कारबाहीबाट विस्थापित भएको अनुमान गरेको छ । तीमध्ये आधा बालबालिका रहेका छन् । बमबारीले गाजाको विशाल क्षेत्रलाई भग्नावशेषमा परिणत गरेको छ ।

राष्ट्रसङ्घीय एजेन्सी ओसीएचएका अनुसार युद्ध र घेराबन्दीले आधारभूत सेवाहरू विशेषरूपमा स्वास्थ्य सेवामा ठूलो क्षति पुर्‍याएको छ । गाजाका ३६ अस्पतालमा १४ ले मात्र कुनै पनि क्षमताका साथ काम गरिरहेका छन् । साथै पर्याप्त भोजन, इन्धन, पानी र औषधिको चरम अभाव छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ७ : ५९ बजे

मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यताबारे अन्तरक्रिया (लाइभ)

काठमाडौं – मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यताबारे बहस आयोजना

गोरखा बजारमा खानेपानीको अभाव

गोरखा– गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको तीन बज्न

बालमन्दिर जग्गा विवाद : सिआइबीले क-कसलाई जारी गर्‍यो पक्राउ पुर्जी (नामसहित)

काठमाडौं– बालमन्दिर जग्गा हिनामिना प्रकरणमा प्रहरीले २० जनाविरुद्ध पक्राउ पुर्जी

कांग्रेसले स्व. नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं- नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान

खडेरीका कारण ट्युबेलको पानी सुक्न थाल्यो

उदयपुर– यस वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न