दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय सिफारिस, नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट, दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ स् प्रधानमन्त्री, कतारका प्रधानमन्त्री र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता, राष्ट्रिय एकता र सुशासन कायम राख्न सरकार सफल स् महासचिव गुरुङ कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान कुश्मा-बुटवल प्रसारण लाइनको उद्घाटनलगायतका समाचारले प्रमुख स्थान पाए ।

संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय सिफारिस
संघीय संसद प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिवमा सिफारिस भएका छन्।

महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई महासचिवमा सिफारिस गरिएको हो।

नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट
नातेदार तथा निश्चित आफन्तबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

संघीयताका बाँकी काम टुङ्गो लगाउनुपर्छ : देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा संघीयताका बाँकी काम टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

एमालेको आत्मविश्वास वृद्धि भएको छ : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा आज दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा नागरिकले माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताए।

कतारका प्रधानमन्त्री र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गरेका छन् । कतारको राजधानी दोहामा उनीहरुबीच आज शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले जनाएको छ ।

राष्ट्रिय एकता र सुशासन कायम राख्न सरकार सफल : महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार राष्ट्रिय एकता र सुशासन कायम राख्न सफल भएको बताएका छन् ।

आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको सञ्चार संवादमा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले यसैगरी अगाडि बढ्दै देशलाई समाजवादतर्फ अगाडि बढाउनुपर्नेमा जोड दिए ।

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री
अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य देशको तुलनामा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ आफूसँग रहेको बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

प्रदेश निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित
कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ ।

कुश्मा-बुटवल प्रसारण लाइनको उद्घाटन
नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा(नयाँ बुटवल खण्ड आज उद्घाटन भएको छ ।

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापनपत्र
बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् ।

लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल
आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । आज अर्थमन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो ।

युथ एक्सचेन्ज कार्यक्रममा भाग लिन नेपाली सेनाको टोली पाकिस्तान प्रस्थान
नेपाली सेनाको एक टोली आज बिहान पाकिस्तान प्रस्थान गरेको छ ।

पाकिस्तानमा आयोजना हुने युथ एक्सचेन्ज कार्यक्रममा सहभागी हुन नेपाली सेना राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीको नेत्वमा १३ जनाको टोली फ्लाई दुबईमार्फत पाकिस्तान प्रस्थान गरेको हो । टोली दुबई हुँदै पाकिस्तान जानेछ ।

सेयर बजारमा १५.४० अंकको गिरावट
सेयर बजार पुन ओरालो लागेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार पुन ओरालो लागेको हो ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ९ : ०१ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको