संघीयता सफल पार्न राष्ट्रिय सहमति आवश्यक छ : देउवा « Khabarhub

संघीयता सफल पार्न राष्ट्रिय सहमति आवश्यक छ : देउवा


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता सफल पार्न सबै दल मिल्नुको विकल्प नरहेको बताएका छन्।

धनुषाको औरही गाउँपालिकामा सोमबार कांग्रेसका पूर्व क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण गर्दै देउवाले राष्ट्रिय सहमतिले मात्र संघीयता सफल हुने बताए।

स्वर्गीय सिंह पार्टीको सम्पत्ति भएको समेत उनले स्मरण गरे। उनको अनुपस्थितिले कांग्रेस र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको उनको भनाइ थियो। उक्त कार्यक्रममा सहभागी हुन देउवा नेपाली सेनाको हेलिकप्टरबाट आएका थिए।

कार्यक्रममा पूर्व उपसभापति विमलेन्द्र निधिले प्रदेश सरकारहरुलाई तत्कालै प्रहरी संगठन हस्तान्तरण गरी संघीयता कार्यान्वय गर्नु पर्ने बताए।

उनले परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व मधेस र कांग्रेसले गरेका भन्दै सङ्यीयता कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : ४६ बजे

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको