नेपाल सुपर लिग : काठमाडौं रेजर्स विजयी | Khabarhub Khabarhub

नेपाल सुपर लिग : काठमाडौं रेजर्स विजयी


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग फुटबल प्रतियोगितामा काठमाडौं रेजर्सले पोखरा थन्डर्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाडौँले पोखरालाई २–१ गोलअन्तरले पराजित गर्‍यो ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा जोकिर उगली शोख्रुखले गोल गरेपछि काठमाडौँको जित पक्का भएको थियो । त्यसअघि खेलको ५९औँ मिनेटमा पोखराका खेलाडी आयुष घलानले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर काठमाडौँका खेलाडी एनकुनगुए जुनियरले खेलको ८३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक(एक गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा शोख्रुखले गोल गर्दै काठमाडौँको जित पक्का गरे ।

यस जितसँगै काठमाडौँले पाँच खेलमा आठ अङ्क जोडेको छ । त्यस्तै समान खेल खेलेको पोखराको पनि समान आठ अङ्क नै छ । भोलि दशरथ रङ्गशालामा साँझ ५ बजे हुने खेलमा झापा फुटबल क्लब र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : ५९ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’