नेपाल सुपर लिग : काठमाडौं रेजर्स विजयी « Khabarhub

नेपाल सुपर लिग : काठमाडौं रेजर्स विजयी


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग फुटबल प्रतियोगितामा काठमाडौं रेजर्सले पोखरा थन्डर्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाडौँले पोखरालाई २–१ गोलअन्तरले पराजित गर्‍यो ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा जोकिर उगली शोख्रुखले गोल गरेपछि काठमाडौँको जित पक्का भएको थियो । त्यसअघि खेलको ५९औँ मिनेटमा पोखराका खेलाडी आयुष घलानले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर काठमाडौँका खेलाडी एनकुनगुए जुनियरले खेलको ८३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक(एक गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा शोख्रुखले गोल गर्दै काठमाडौँको जित पक्का गरे ।

यस जितसँगै काठमाडौँले पाँच खेलमा आठ अङ्क जोडेको छ । त्यस्तै समान खेल खेलेको पोखराको पनि समान आठ अङ्क नै छ । भोलि दशरथ रङ्गशालामा साँझ ५ बजे हुने खेलमा झापा फुटबल क्लब र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : ५९ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन