मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको छ : देव गुरुङ « Khabarhub

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको छ : देव गुरुङ


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले मुलुक अहिले समाजवाद उन्मुख भएकाले पश्चगामी चिन्तनको कुनै गुञ्जायस नभएको बताएका छन् ।

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उनले संघीय लोकतान्त्रिक व्यवस्थाको विरोधको नाममा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम मात्रै भइरहेकाले सबै नागरिकहरु सजक हुनुपर्नेमा समेत जोड दिए ।

महासचिव गुरुङले जनतालाई सेवा प्रवाह गर्ने निकायहरु जागरुक भएर कमीकमजोरी सच्याउँदै अहिलेको व्यवस्थालाई बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राखे । त्यस्तै महासचिव गुरुङले एनसेल कर छलीमा पनि सत्ता गठबन्धन सरकारले छानविन समिति बनाएर सत्य, तथ्य बाहिर ल्याउने अठोट लिएको बताए । एनसेलको सम्बन्धमा सम्मानित पाटन उच्च अदालतले शेयर बिक्री गर्न तत्कालका लागि अन्तरिम आदेश दिइसकेकोले यस विषयमा थप टीकाटिप्पणी गर्नु उपयुक्त नहुने उनले बताए ।

नेता गुरुङले प्रचण्डको नेतृत्वमै सम्पूर्ण वाम शक्ति एकता गर्न तयार रहेको वातावरण सिर्जना हुँदै गएको र अध्यक्ष प्रचण्डकै नेतृत्वमा गैर वाम शक्तिलाई पनि मिलाएर लगिएका नेपालको स्वाधीनता, राष्ट्रियताको रक्षा गर्न बल पुग्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १० : ०९ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी