चीन र अमेरिकाबीच यात्रा प्रतिबन्ध लगाउन अमेरिकी सिनेटरको माग « Khabarhub

चीन र अमेरिकाबीच यात्रा प्रतिबन्ध लगाउन अमेरिकी सिनेटरको माग


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकाका पाँच जना सिनेटरहरुले राष्ट्रपति जो बाइडेनसँग चीन र अमेरिकाबीच यात्रा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

चीनमा अज्ञात रोग फैलिरहेको भन्दै रिपब्लिकन पार्टीका ५ जना सिनेटरहरुले अमेरिका र चीनबीच यात्रा प्रतिबन्धको घोषणा गर्न राष्ट्रपति बाइडेनसँग माग गरेका हुन् ।

फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्को रुबियोको नेतृत्वमा ५ सिनेटरहरुले राष्ट्रपति बाइडेनसँग यस्तो माग गरेका हुन् । ‘यो नयाँ रोगबाट उत्पन्न हुने जोखिमबारे थप जानकारी प्राप्त नगरुन्जेलसम्म हामीले तत्कालै अमेरिका र चीनबीच यात्रामा कडाइ गर्नुपर्छ ।’ सिनेटरहरुले राष्ट्रपतिलाई लेखेको पत्रमा जनाइएको छ ।

राष्ट्रपतिलाई पत्र लेख्ने सिनेटरहरुमा रुबियोसहित जेडी भान्स, रिक स्कट, टोमी ट्युबरभिल र माइक ब्राउन रहेका छन् । पछिल्लो समय चीनमा श्वासप्रश्वाससम्बन्धी नयाँ रोग देखिएपछि विश्वभर चिन्ता उत्पन्न भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ४ : १६ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा