अनलाईन मार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

अनलाईन मार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनलाईन मार्फत ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साका ३३ वर्षीय अफताव आलम र महोत्तरीका २७ वर्षीय विनय शाह रहेका छन् ।

उनीहरुले फेसबुक, ट्वीटर, टिकटक जस्ता सामाजिक सञ्जालमा विभिन्न कम्पनीका मोबाईल विक्रीमा राखि ग्राहकबाट १० प्रतिशत अग्रीम भुक्तानी लिइ ठग्ने गरेको प्रहरीले जनाएको छ ।

साथै उनीहरुले पिडितहरुबाट कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता बिभिन्न प्रयोजनमा रकम अशुली गर्ने गरेका थिए । प्रहरीका अनुसार विभिन्न व्यक्तिहरुबाट उनीहरुले दश लाख ३९ हजार रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १० : ५६ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।