ओमानमा २४ नेपाली युवा अलपत्र  « Khabarhub

ओमानमा २४ नेपाली युवा अलपत्र 



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी ओमान पुगेका २४ नेपाली युवा अलपत्र परेका छन्। विगत चार महिनाअघि ओमान पुगेका उनीहरूले सम्झौताअनुसारको कम्पनी नभेटिएको बताएका छन्।

अल कौसर ह्युमन रिसोर्स प्रालिका सञ्चालक अबुदल्ला ए टाक्सन र काजी मियाबाट १५० ओमानी रियल (करिब ५० हजार नेपाली रुपैयाँ) मासिक तलब दिने आश्वासन पाएर प्रतिव्यक्ति १ लाख ५५ हजार हजारसम्म बुझाएर ओमान आएको उनीहरूले बताएका छन्।

राम्रो कमाई हुने भन्दै ओमानको अल नसीम इन्जिनियरिङ् सर्विसेस कम्पनीको बिल्डिंग कन्ट्क्शनको कामका लागि भनेर पठाए पनि यहाँ आउँदा कम्पनी नै नभेटिएपछि एक सप्लाई कम्पनीमा काम गर्न थालेको र तीन महिना काम गरेपछि एक महिनाको तलब मात्रै पाएको उनीहरूले बताएका छन्। त्यसपछि त्यो कम्पनीले पनि उनीहरूलाई कामबाट निकालिदिएको थियो।

उद्धारको पर्खाइमा विगत एक महिनादेखि कोठामै बसिरहेको पीडित मध्यका एक केदार विश्वकर्माले जानकारी दिए। उनले भने, ‘म्यानपावरलाई धेरै पटक सम्पर्क गरेर उद्धारको आग्रह गर्‍यौ हाम्रो कुरै सुनेन।’

ओमानस्थित नेपाली दूतावासलाई  समस्या बारे जानकारी गराए पछि दूतावासले कम्पनीलाई आफूहरूको समस्या समाधान गर्न एक हप्ताको समय दिएको भए पनि दुई हप्ता बितिसक्दा पनि कुनै सुनुवाइ नभएको पीडितहरूले खबरहबसँग गुनासो पोखेका छन्। ओमानीले खानाको लागि भनेर दिएको पैसा पनि सकिएको भन्दै आफू अब भोक भोकै पर्ने अवस्था आएको उनीहरु बताउँछन्।

आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइदिन उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

उद्धारका लागि विभिन्न निकायहरूलाई अनुरोध गरिरहेको भए पनि अहिलेसम्म कतैबाट पहल नभएको उनीहरूको भनाइ छ। यस विषयमा म्यानपावरका सञ्चालक मध्यका एक काजी मियालाई  सम्पर्क गर्दा बोल्न चाहेनन्।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ८ : २४ बजे

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । १३ जना घाइतेलाई

भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढी नारायणी नदी हुँदै देवघाट

थप उद्धार सामग्रीसहित सुरक्षा टोली बाढी प्रभावित क्षेत्रमा प्रस्थान

काठमाडौं– सरकारले भोटेकोशी नदी रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा

बाढी प्रभावित क्षेत्रमा ३ दिनका लागि एनसेलको डेटा र भ्वाइस निःशुल्क

काठमाडौं– एनसेलले बुधबार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीबाट