सुदूरपश्चिमका मुख्यमन्त्री रावलको शपथ ४ बजे « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको शपथ ४ बजे


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

प्रदेश प्रमुख देवराज जोशीले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको शपथ खुवाउने कार्यक्रम तय भएको हो। उनीसँगै दुई मन्त्रीले शपथ ग्रहण गर्ने सम्भावना छ।

मुख्यमन्त्री रावलले आजै सत्तारुढ गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र नेकपा एमालेबाट दुई जना मन्त्री बनाउने तयारी गरेका हुन्। त्यसका लागि छलफल भइरहेको छ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार रावल बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए। रावल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ९ : ०१ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,