बागमतीको सभामुखका लागि आज उम्मेदवारी दर्ता गरिँदै « Khabarhub

बागमतीको सभामुखका लागि आज उम्मेदवारी दर्ता गरिँदै


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ।

प्रदेशसभा सचिवालयले बिहान साढे १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गराउने कार्यतालिका रहेको जानकारी दिएको छ।

आजै दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन फिर्ता गर्ने र ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका छ। मतदान भोलि बिहान ११ बजे हुनेछ।

सत्तारुढ दलहरुबीच मुख्य पद भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपा र उपसभामुख एमालेले लिने सहमति भएको छ। जसअनुसार राप्रपा महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने पार्टीले निर्णय गरिसकेको छ भने उपसभामुखका उम्मेदवार एमालेले आज टुंग्याउनेछ।

नेपालको संविधानको धारा १८२ को उपधारा १ बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यमध्येबाट सभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ९ : २३ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले