सोल्मा स्पोर्टस् क्लबले वडास्तरीय फुटबल प्रतियोगिता गर्ने « Khabarhub

सोल्मा स्पोर्टस् क्लबले वडास्तरीय फुटबल प्रतियोगिता गर्ने


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको सोल्मा स्पोर्टस् क्लबले माघ दोस्रो साता वडास्तरीय फुटबल प्रतियोगिता गर्ने तयारी गरेको छ । फुटबलको व्यवसायिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले क्लबले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित खेलमैदानमा ६ माघदेखि १३ माघसम्म वडास्तरीय फुटबल प्रतियोगिता गर्ने तयारी गरेको हो ।

प्रतियोगितामा प्रथम, दोस्रो र सेमिफाइनल टिमले क्रमशः नगद एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गर्ने सोल्मा स्पोर्टस् क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले बताए । 

प्रतियोगिताका अनुशासित टिम र बेष्ट प्लेयरलाई पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही तीन हजार ३३३ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।

एलाभेन साइजको खेलमा खोटाङभित्रका वडालाई मात्र सहभागी गराइने छ । फुटबल टिममा एकै वडाको खेलाडी हुनुपर्ने छ । तीन जना खेलाडी भने खुल्ला हुने क्लबले जनाएको छ । प्रतियोगताका लागि २७ माघ बेलुका ५ बजेसम्म टिम दर्ता गरिने र २८ माघ खेल तालिका सार्वजनिक गरिने क्लबका अध्यक्ष राईले बताए । 

स्थानीयको अग्रसरतामा सोल्मामा गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लवले फुटबल प्रतियोगिता सञ्चालन गर्दैआएको छ । खेलमैदानको थप काम सुरु भएपछि केही वर्ष यता फुटबल प्रतियोगिता अवरुद्ध भएकोमा खेल मैदानको काम सकिएपछि पुन : फुटबल प्रतियोगितालाई निरन्तरता दिन लागिएको अध्यक्ष राईले बताए । वडास्तरीय फुटबल प्रतियोगिताको अवसरमा एक जना पत्रकारलाई पाँच हजार ५५५ रुपैयाँ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने क्लबले जनाएको छ । 

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १ : १५ बजे

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम