माघमा ब्याजदर घटाउँदै वाणिज्य बैंक | Khabarhub Khabarhub

माघमा ब्याजदर घटाउँदै वाणिज्य बैंक


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि  एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो ।

हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा १५ दशमलव ३३ प्रतिशतसम्म ब्याज रहेको छ । माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् ।

बैंकर्स सङ्घको अध्यक्षमा सुनिल केसी चयन भएका छन् । बुधबार सम्पन्न विशेष साधारणसभामा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतमा केसी सर्वसम्मतरूपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि  केसी सङ्घको उपाध्यक्ष रहेका थिए । यसअघिका अध्यक्ष अनिलकुमार उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै सङ्घको अध्यक्ष पद खाली भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत कार्यकाल सकिएपछि सङ्घको अध्यक्ष पदसमेत स्वतः रिक्त रहने व्यवस्था रहेको छ । नयाँ कार्यसमितिअन्तर्गत बैंकर्स सङ्घको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सङ्घको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका  अजयविक्रम शाह, नेपाल एसबिआई बैंकका  दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआईसी एसिया बैंकका  रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकको सुदेश खालिङ र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा छन्।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  २ : ४१ बजे

राष्ट्रियसभाबाट जलस्रोत विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ ।  शुक्रबार

नालीको घुस लिँदालिँदै समातिएका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह तेलीलाई भ्रष्टाचार

यी १३ एजेन्डासहित बनस्थलीमा रास्वपा केन्द्रीय समिति बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय

मनाइयो विश्व आदिवासी दिवस (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा शुक्रबार विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल

ओलीबिनाको एमाले र एमालेबिनाको नेपालको सपना कसैले नदेखे हुन्छ : निरु पाल

कञ्चनपुर– नेकपा (एमाले) की पोलिटब्युरो सदस्य निरु पालले अध्यक्ष केपी