प्रेस युनियन सुदूरपश्चिम प्रदेश अध्यक्षमा स्वाँर निर्वाचित  « Khabarhub

प्रेस युनियन सुदूरपश्चिम प्रदेश अध्यक्षमा स्वाँर निर्वाचित 


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत निर्वाचित भएका छन्। बुधबारदेखि सुरु भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

युनियनको उपाध्यक्ष (खुल्ला) मा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गीता कुँवर र समावेशीमा जगत खड्का सर्वसम्मत चयन भएका छन् । प्रदेश समितिको महासचिवमा हरिश भट्ट, सचिव खुल्लामा राजेन्द्रबहादुर रोकाया, महिला सचिवमा वन्दना बम र समावेशी सचिवमा भीमबहादुर चौधरी चयन भएका हुन् । कोषाध्यक्षमा वीरबहादुर गडाल चयन भएका छन् ।

यस्तै खुल्ला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशवदत्त भट्ट, चन्द्रबहादुर खनाल, महिला सदस्यमा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करूणा जोशी, डालीकुमारी पाण्डेय, दलित सदस्यमा लक्ष्मण विक, आदिवासी-जनजाती सदस्यमा विनिता चौधरी, प्रेमकुमार चौधरी, मधेशमा रामदास राना, सागर कुश्मी, यौनिक तथा अल्पसङ्ख्यक सदस्यमा धनबहादुर बोहरा र पदम भाट चयन भएका छन् ।

यस्तै कृतबहादुर विष्टको संयोजकत्वमा लेखा समितिमा दुई सदस्य चयन भएका छन् । लेखासमिति सदस्यमा नवराज पनेरू र गगन अयडी रहेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ३ : १६ बजे

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने